• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    आगो ताप्ने क्रममा जलेर गुल्मीमा वृद्धको मृत्यु

    • lumbinisanjal
    • २०८१ माघ ३०, बुधबार ०४:४२
    4K
    SHARES
    आगो ताप्ने क्रममा जलेर गुल्मीमा वृद्धको मृत्यु

    बुटवल , ३० माघ । आगो ताप्ने क्रममा जलेर गुल्मीमा एक वृद्धको मृत्यु भएको छ। जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ७, वाग्लाका ८० वर्षीय इन्द्रलाल गिरीको घरमै आगो ताप्दै गर्दा अचानक जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    अविवाहित गिरी लामो समयदेखि भाइसँगै घरमा बस्दै आएका थिए। घटनाको बारेमा गिरीका भाइ टेकराज गिरीले प्रहरीमा जानकारी गराएपछि धुर्कोटबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनाको बारेमा थप अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक रामकुमार थापाको नेतृत्वमा सात जनाको प्रहरी टोली घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।



    lumbinisanjal   
  • २०८१ माघ ३०, बुधबार ०४:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP