• २०८३ जेष्ठ २५ | Mon, 08 Jun 2026
  • Dark Mode

          Subscribe

    कांग्रेस क्षेत्र नं–२ रुपन्देहीको बैठक : जेनजी आन्दोलनमा घुसपैठ, निष्पक्ष छानबिनको माग

    • lumbinisanjal
    • २०८२ आश्विन ३, शुक्रबार १३:२१
    2.8K
    SHARES
    कांग्रेस क्षेत्र नं–२ रुपन्देहीको बैठक : जेनजी आन्दोलनमा घुसपैठ, निष्पक्ष छानबिनको माग

    बुटवल, ३ असोज । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं–२ रुपन्देहीको बैठक सभापति प्रजापाल गिरीको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले हालैको ZenZ युवा समूहको आन्दोलनमा घुसपैठ भएको ठहर गर्दै, देशमा अशान्ति, अस्थिरता र अराजकता ल्याउने प्रयत्न नियोजित षड्यन्त्रअन्तर्गत भएको दाबी गरेको छ।

    बैठकले कांग्रेस सभापति एवम् पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा सहितका शीर्ष नेतामाथि भएको साङ्घातिक आक्रमण, निजी सम्पत्ति र व्यवसायिक प्रतिष्ठानमाथि भएको तोडफोड तथा आगजनीजस्ता गतिविधिलाई गम्भीर षड्यन्त्रको पराकाष्टा भन्दै तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।

    यस्तै, बैठकले परिस्थिति जटिल भएपनि कांग्रेसले यसको छिट्टै निकास निकाल्ने विश्वास व्यक्त गर्दै पार्टीका समर्थक र शुभेच्छुकलाई निराश नहुन आग्रह गरेको छ।

    पार्टी संगठनलाई चलायमान बनाउने सन्दर्भमा बैठकले लुम्बिनी प्रदेश पदाधिकारी सदस्य, महासमिति/महाधिवेशन प्रतिनिधि तथा जिल्ला पदाधिकारीहरूसँग २०८१ असोज ४ गते शनिबार छलफल बैठक गर्ने र मातहतका सबै तह र संरचना, भातृ एवं शुभेच्छुक संस्थासँग क्रमिक छलफल र बैठक गर्ने निर्णयसमेत गरेको छ।

    साथै, बैठकले संविधान दिवसको अवसरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीद्वारा असोज ३ गते बुटवल उपमहानगरपालिका स्थित बीपी चोकमा साँझ ५:३० बजे आयोजना हुने दीप प्रज्वलन कार्यक्रममा पार्टी नेतृत्व, भातृ एवं शुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्यलाई उपस्थित रहन आह्वान गरेको छ।

    बैठकमा बुटवल उपमहानगर कांग्रेस सभापति एवम् मेयर खेलराज पाण्डेय, क्षेत्रीय सचिव बिमलराज भट्टराईलगायतका नेताहरूले आ–आफ्नो धारणा राखेका थिए।

     



    lumbinisanjal   
  • २०८२ आश्विन ३, शुक्रबार १३:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP