• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    अर्थसहित संसदका ८ समितिको बैठक बस्दै

    • lumbinisanjal
    • २०८१ माघ ३०, बुधबार ०४:२९
    2.3K
    SHARES
    अर्थसहित संसदका ८ समितिको बैठक बस्दै

     

    काठमाडौं , ३० माघ । संघीय संसद अन्तर्गतका ८ वटा समितिको बैठक बस्दै छ । संसद सचिवालयका अनुसार ती सबै समितिका बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछन् । जसअनुसार अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता माननीय सदस्यहरुसँग छलफल हुनेछ, जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुँदै छ ।

    बिहान ११ः३० बजेबाट सुरू हुने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा भने माउण्ट एभरेष्ट ब्रुअरी प्रालि‍मा कार्यरत श्रमिकहरूको पारिश्रमिक सम्बन्धमा छलफल हुने जनाइएको छ । उता, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा समितिको आगामी कार्यक्रम तथा समसामयिक विषयका सम्बन्धमा छलफल गरिनेछ, सो बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।

    महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ, जुन बैठकमा । समितिको आगामी अनुगमन भ्रमण तथा कार्यक्रम सम्बन्धमा छलफल गरिनेछ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पुरानै एजेन्डा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथिको दफावार छलफल जारी रहनेछ । जुन बैठक अपराह्न १२ः१५ बजेबाट सुरू हुने जनाइएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुनेछ, जुन बैठक दिउँसो १ः३० बजे बोलाइएको छ ।

    साथै, विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै एजेन्डा नेपाल कानून व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१ मा मस्यौदा प्रतिवेदनउपर छलफल हुनेछ । जुन बैठक दिउँसो १ः०० बजेबाट सुरु हुनेछ । र, बिहान ११ः३० बजे बोलाइएको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भने विद्यमान निर्वाचन प्रणाली र यसका विकल्पहरूका बारेमा छलफल हुने सम्बन्धित समितिले जनाएको छ ।

     



    lumbinisanjal   
  • २०८१ माघ ३०, बुधबार ०४:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP