• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    घाइतेहरूले भरियो निजामती अस्पताल

    • lumbinisanjal
    • २०८२ भाद्र २३, सोमबार १४:३६
    1.7K
    SHARES
    घाइतेहरूले भरियो निजामती अस्पताल

    काठमाडौं , २३ भदौ । नयाँ बानेश्वरस्थित संसद् भवन क्षेत्रमा भएको प्रदर्शनका क्रममा भएको झडपका घाइतेहरूले निजामती अस्पताल भरिएको छ ।

    संसद् भवन नयाँबानेश्वर क्षेत्रमा प्रवेश गर्न खोज्ने प्रदर्शनकारीहरूलाई रोक्ने क्रममा प्रहरीले अश्रुग्यास र रबरको गोली हानेको छ।

    त्यसक्रममा प्रहरी, सशस्त्र प्रहरी, पत्रकार र प्रदर्शनकारीसहित दर्जनौँ घाइते भएका छन् । एकजना प्रदर्शनकारीको मृत्यु भएको भनिए पनि पुष्टि भइसकेको छैन ।

     



    lumbinisanjal   
  • २०८२ भाद्र २३, सोमबार १४:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP