• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    यी स्थानमा आज भारी वर्षा हुने

    • lumbinisanjal
    • २०८२ भाद्र १७, मंगलवार १२:४२
    2.6K
    SHARES
    यी स्थानमा आज भारी वर्षा हुने

    बुटवल , १७ भदौ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशभर साधारणतया बदली रहने बताएको छ। सबै प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

    आज राति देशभर साधारणतया बदली रहने महाशाखाले बताएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ।गण्डकी र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले बताएको छ।पछिल्लो २४ घन्टामा देशभर मध्यम वर्षा मापन भएको छ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घन्टामा सिन्धुपाल्चोकको मानेखर्कमा ८८.८, लमजुङको फलेनीमा ६१.६, डडेलधुरामा ७४.६, साहूखर्कमा ७८.२, डोटीको गैह्रामा ६०.८ मिलिमिटर वर्षा भएको छ।



    lumbinisanjal   
  • २०८२ भाद्र १७, मंगलवार १२:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP