• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    एकै परिवारका १६ जना सम्पर्कविहीन

    • lumbinisanjal
    • २०८२ श्रावण १२, सोमबार १७:०२
    2K
    SHARES
    एकै परिवारका १६ जना सम्पर्कविहीन

    सिन्धुली,१२ साउन । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीबाट एकै परिवारका १६ जना एकसाथ गायब भएका छन् । स्थानीय उर्मिला हायुको परिवार केही दिनदेखि अचानक गायब भएको हो ।

    हायु परिवारका सबै १६ जना सदस्य आइतबार रातिदेखि अचानक सम्पर्कविहीन भएर गायब बनेको वडाध्यक्ष रविन श्रेष्ठले जानकारी दिए । अहिले हायु परिवारको खोजीका लागि प्रहरी परिचालन गरिएको छ।

    सोमबार बिहान मात्रै हायु परिवार गायब भएको कुरा छिमेकीले थाहा पाएपछि जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए।

    प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थाले पनि अहिलेसम्म हायु परिवारका कोही पनि सदस्य नभेटिएको प्रहरीले जनाएको छ।



    lumbinisanjal   
  • २०८२ श्रावण १२, सोमबार १७:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP