• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    बुटवलका दुई व्यापारीविरुद्ध ४ करोडभन्दा बढीको करछली मुद्दा दायर

    • lumbinisanjal
    • २०८२ श्रावण १०, शनिबार ०६:२९
    5.6K
    SHARES
    बुटवलका दुई व्यापारीविरुद्ध ४ करोडभन्दा बढीको करछली मुद्दा दायर

    बुटवल, १० साउन । राजस्व अनुसन्धान विभागले बुटवलका व्यापारी अजय अग्रहरी र पशुपति अग्रहरीविरुद्ध करछलीको अभियोगमा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुद्दा दायर गरेको छ ।

    राजस्व अनुसन्धान कार्यालय, बुटवलले ४ करोड ८३ लाख २५ हजार ८८६ रुपैयाँ बराबरको राजस्व छलीको आरोपमा मुद्दा दर्ता गरेको हो । अभियोगमा उनीहरूले वास्तविक कारोबारको बिल नकटाई वस्तु बिक्री गरेको, भन्सार चोरी पैठारी गरिएका मालसामानको कारोबार गरी मूल्य अभिवृद्धि कर, भन्सार महसुल र आयकर छलेको उल्लेख छ ।

    बुटवल उपमहानगरपालिका–५, न्यूरोडस्थित अजय वेङ्गल स्टोर्सका प्रोप्राइटर अजय अग्रहरी र कारोबारी पशुपति अग्रहरीले कर छल्ने उद्देश्यले व्यापारिक विवरण नदेखाएको र राजस्व चुहावट गरेको पाइएको विभागको भनाइ छ ।

    विभागका अनुसार अग्रहरीहरूले भन्सार महसुल तर्फ ९५ लाख ८३ हजार ७५५, मूल्य अभिवृद्धि कर तर्फ ९९ लाख ८९ हजार ९८४ र आयकर तर्फ २ करोड ८७ लाख ५२ हजार १४७ रुपैयाँ छलेका छन् ।

    राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेका अनुसार राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम छली गरिएको रकम बराबर जरिवाना र हदैसम्मको कैद सजाय माग गर्दै अभियोग पत्र दर्ता गरिएको हो ।

     



    lumbinisanjal   
  • २०८२ श्रावण १०, शनिबार ०६:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP