• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    ‘युवालाई विदेश जान बाध्य बनाइएको छ, दलालसँग मिलेर शिक्षा क्षेत्र बिगारियो’ – डा. चन्द्रकान्त भण्डारी

    • lumbinisanjal
    • २०८२ श्रावण ८, बिहीबार १५:०४
    4.7K
    SHARES
    ‘युवालाई विदेश जान बाध्य बनाइएको छ, दलालसँग मिलेर शिक्षा क्षेत्र बिगारियो’ – डा. चन्द्रकान्त भण्डारी

    काठमाडौं, ०८ साउन । नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले नेपाली युवालाई सेटिङमा विदेश पढ्न पठाउने वातावरण जानाजान बनाइएको आरोप लगाएका छन्। उनका अनुसार नेपालमै सूचना प्रविधि, स्वास्थ्यजस्ता विषय अध्ययन गर्न सक्ने पूर्वाधार हुँदाहुँदै पनि त्यसलाई प्रोत्साहन नदिएर युवा विदेशिन बाध्य बनाइएका छन्।

    नेता भण्डारीले नेपालमा शिक्षाको गुणस्तर सुधार्ने गम्भीर प्रयास नगरेको र दलालसँग मिलेर निजी संस्थाहरूको नाममा विदेश केन्द्रित सेटिङ गरिएको बताए। उनका अनुसार यो प्रवृत्तिले देशको ठूलो मात्रामा धन सम्पत्ति पनि विदेश पलायन भइरहेको छ।

    ‘युवाहरू यति क्षमतावान छन् कि रोबोट बनाउनेदेखि लिएर कम्प्युटर प्रोग्राम बनाउनेसम्मका काममा दक्ष छन्, तर नेपालमै त्यस्ता विषय पढ्ने ठाउँ छैन,’ उनले भने।शिक्षा क्षेत्रको बेथितिमा सरकार, राजनीतिक नेतृत्व र नियमनकारी निकायहरूले आँखा चिम्लिएको उनको आरोप छ। देशको भविष्य निर्माण गर्ने सवालमा नेतृत्व गम्भीर नदेखिएको भन्दै उनले आक्रोश पोखे।

    ‘नेपालको सम्पत्ति बाहिर गइरहेको छ, नेताहरू भाषण गर्छन् तर काम गर्दैनन्। देशको आवश्यकतालाई छाडेर विदेश घुमफिरमा रमाइरहेका छन्,’ उनले भने, ‘यस्तो हो भने युवा यस्तै पीडामा बाँधिरहनेछन्।’



    lumbinisanjal   
  • २०८२ श्रावण ८, बिहीबार १५:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP