• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    इस्माको पालुखामा शिवालय मन्दिरको जिर्णोद्वार सम्पन्न, नवगठित समितिलाई शुभकामना

    • lumbinisanjal
    • २०८२ श्रावण ५, सोमबार २२:०१
    2.7K
    SHARES
    इस्माको पालुखामा शिवालय मन्दिरको जिर्णोद्वार सम्पन्न, नवगठित समितिलाई शुभकामना

    गुल्मी, ५ साउन । पवित्र साउन महिनाको पुण्य सोमबार, इस्मा गाउँपालिका–२ पालुखास्थित ऐतिहासिक शिवालय मन्दिरको जिर्णोद्वार कार्य विधिपूर्वक पूजा–अर्चना गरी सम्पन्न गरिएको छ। बि.स. २०५८ साल साउन २९ गते सिर्जनशील आमा समूह र सुनभद्र युवा क्लबको सक्रियतामा स्थापना भएको यस धार्मिक स्थलको संरक्षण तथा पुनर्निर्माण कार्य इस्मा गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न गरिएको हो।

    कार्यक्रममा इस्मा गाउँपालिकाका अध्यक्ष भगत सिंह खड्का प्रमुख अतिथि र उपाध्यक्ष पार्वती कुँवर विशेष अतिथि रहनुभएको थियो। साथै वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडासदस्यहरू, समाजसेवी, शिक्षाप्रेमी, तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    महादेवको आराधनाले आत्मिक शान्ति, सांस्कृतिक समृद्धि र सामाजिक एकता प्रवर्द्धन गरेको सहभागीहरूले अनुभव गरेका छन्। भक्तजनहरूको उत्साह, भजन, नाचगान र मेलमिलापले यस पवित्र दिनलाई विशेष र स्मरणीय बनाएको थियो।

    मन्दिरको व्यवस्थापनका लागि नवगठित समितिलाई कार्यक्रममा औपचारिक रूपमा बधाई तथा सफल कार्यकालको शुभकामना पनि व्यक्त गरिएको छ। धार्मिक आस्था र सहकार्यको यो उज्यालो उदाहरण सधैं जीवित रहोस् भन्ने कामना गरिएको छ।



    lumbinisanjal   
  • २०८२ श्रावण ५, सोमबार २२:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP