• २०८३ जेष्ठ २५ | Mon, 08 Jun 2026
  • Dark Mode

          Subscribe

    कर्मचारी हकहितदेखि समाज सेवासम्म सक्रिय रूपन्देही युनियन, अध्यक्ष चक्रपाणी पाण्डेयलाई कांग्रेसको सम्मान

    • lumbinisanjal
    • २०८२ श्रावण ५, सोमबार २०:१०
    7.2K
    SHARES
    कर्मचारी हकहितदेखि समाज सेवासम्म सक्रिय रूपन्देही युनियन, अध्यक्ष चक्रपाणी पाण्डेयलाई कांग्रेसको सम्मान

    बुटवल, ०५ साउन । पेशागत हकहितसँगै सामाजिक कार्यमा सक्रिय रहँदै आएको नेपाल निजामती कर्मचारी युनियन, रूपन्देहीका अध्यक्ष चक्रपाणी पाण्डेयलाई नेपाली कांग्रेसले सम्मान गरेको छ।

    काठमाण्डौको सानेपामा आयोजित विशेष कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पाण्डेयलाई सम्मानपत्रसहित सम्मान गर्नुभएको हो। कार्यक्रम नेपाली कांग्रेसको केन्द्रीय पुस्तकालयलाई रूपन्देही युनियनद्वारा १ लाख बराबरको आर्थिक सहयोग प्रदान गरेको अवसरमा आयोजना गरिएको थियो।

    निजामती कर्मचारी युनियन रुपन्देही हाल देशभरकै सबैभन्दा धेरै सदस्य संख्या भएको युनियन जिल्ला हो। संगठनले सदस्यहरूका लागि निःशुल्क दुर्घटना बीमा, स्वास्थ्य विमा, जीवन विज्ञानसम्बन्धी तालिम, वृद्धाश्रममा सहयोग, छात्रवृत्ति वितरणजस्ता कार्य गर्दै आएको छ।

    सम्मानपछि प्रतिक्रिया दिँदै अध्यक्ष चक्रपाणी पाण्डेयले भने, “संगठन मात्र होइन, समाजप्रति पनि उत्तरदायी बन्नुपर्ने समय हो। युनियनलाई केवल माग गर्ने संस्थाको रूपमा होइन, समाधान दिन सक्ने सामाजिक अभिव्यक्तिको रूपमा अगाडि बढाउँदै छौं।”

    उनले नेपाली कांग्रेसप्रतिको आस्था र जनउत्तरदायी कार्यशैलीप्रति कृतज्ञता व्यक्त गर्दै संगठनलाई अझ प्रभावकारी, सेवामूलक र उत्तरदायी बनाउने प्रतिबद्धता जनाए।

    कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य, कर्मचारी नेताहरू, युनियन पदाधिकारीहरू तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।



    lumbinisanjal   
  • २०८२ श्रावण ५, सोमबार २०:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP