• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता

    • lumbinisanjal
    • २०८२ श्रावण ४, आईतवार १६:३१
    2.1K
    SHARES
    अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता

    काठमाडौं ,०४ साउन । प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबिच भेटवार्ता सुरु भएको छ ।

    एमाले प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमका अनुसार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा भर्खरै अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता सुरु भएको हाे ।

    उहाँले भन्नुभयो, “भेटवार्ता भर्खरै सुरु भएको छ । यो उहाँहरुबिचको नियमित भेट हो ।”

    पूर्व राष्ट्रपति भण्डारीले एमालेको पार्टी राजनीतिमा सक्रिय हुने घोषणा गर्नुभएसँगै पार्टीका उच्चस्तरीय नेतासँगको भेट तीव्र बनाउनुभएको छ ।



    lumbinisanjal   
  • २०८२ श्रावण ४, आईतवार १६:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP