• २०८३ जेष्ठ २५ | Mon, 08 Jun 2026
  • Dark Mode

          Subscribe

    श्रीमान् श्रीमती दुवै मृत फेला

    • lumbinisanjal
    • २०८२ असार २९, आईतवार १५:२२
    4.2K
    SHARES
    श्रीमान् श्रीमती दुवै मृत फेला

    इनरुवा, २९ असार । सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ९ को बबियामा श्रीमान् श्रीमती मृत फेला परेको छ । बबियामा अन्तर जातीय विवाह गरेको जोडी एकसाथ आफ्नो घरमा मृत फेला परेको हो ।

    इनरुवा नगरपालिका वडा नम्बर ९ निवासी शुकदेव शर्मा खत्वेको श्रीमती ३० वर्षीया सबेदा खातुन ओछ्यानमा मृत फेला पर्नुभएको छ भने श्रीमान् शुकदेव झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले शवको मुचुल्का तथा पोस्टमार्टम गर्न लाने तयारी गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले घटनास्थलमा प्रहरी पुगेको र अनुसन्धान सुरु गरेको जानकारी दिनुभयो ।



    lumbinisanjal   
  • २०८२ असार २९, आईतवार १५:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP