• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    बालेन शाहले डाके कार्यपालिका बैठक

    • lumbinisanjal
    • २०८२ असार २६, बिहीबार १५:०८
    1.9K
    SHARES
    बालेन शाहले डाके कार्यपालिका बैठक

    काठमाडौं,२६ असार । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्ने भएको छ। महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले कार्यसमिति बैठक बोलाएका हुन् ।

    शुक्रबार बिहान ११ बजे स्रोत व्यवस्थापन समितिको बैठक बस्ने छ । सँगै मेयर बालेनले कार्यपालिका बैठक पनि बोलाएका छन् ।

    महानगरका सहायक प्रवक्ता धुव्रकुमार काफ्लेका अनुसार बिहान ११ बजे आगामी आर्थिक वर्ष २०८२-८३ को बजेटको स्रोत तथा सिमा निर्धारण समितिको बैठक बस्नका लागि सबैलाई पत्राचार भइसकेको छ ।

    शुक्रबार नै महानगरको कार्यपालिका बैठक बस्ने भएको छ । काफ्लेका अनुसार २ बजेट कार्यपालिका बैठक बस्ने छ ।

    ‘स्रोत तथा सिमा निर्धारण समितिको बैठक बस्नका लागि पत्र गइसक्यो’, काफ्लेले भने, ‘कार्यपालिकाको बेलुका ४ बजेटसम्म सबै सदस्य ज्युँकहा पुग्छ ।’



    lumbinisanjal   
  • २०८२ असार २६, बिहीबार १५:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP