• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    चीनतर्फ भारी वर्षा हुँदा भोटेकोशीमा बाढी : मितेरी पुलमा क्षति, भन्सारबाट कन्टेनर बगायो

    • lumbinisanjal
    • २०८२ असार २४, मंगलवार ०७:३८
    2.7K
    SHARES
    चीनतर्फ भारी वर्षा हुँदा भोटेकोशीमा बाढी : मितेरी पुलमा क्षति, भन्सारबाट कन्टेनर बगायो

    काठमाडौं,२४ असार ।  चीनमा भएको अबिरल वर्षाका कारण भोटेकोशी नदीमा बाढी आउँदा रसुवामा ठुलो क्षति भएको छ।

    मंगलबार बिहान अन्दाजी ३:१५ बजे रसुवा जिल्ला, गोसाइकुण्ड गाउँपालिका रसुवागढीस्थित नेपाल-चीन जोड्ने मितेरीपुलमा क्षति पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

    त्यसैगरी, सोही वडाको टिमुरेस्थित भन्सार यार्डमा बाढी पसेर मालबाहक कन्टेनर बगाएको छ। बाढीका कारण टिमुरेमा बनिरहेको सुख्खा बन्दरगाह बगाएको हो।

    हालसम्म कुनै मानवीय क्षति भएको खबर प्राप्त भएको छैन। नदीमा पानीको बहाब अझै उच्च रहेकोले सतर्क रहन तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई आग्रह गरिएको छ।



    lumbinisanjal   
  • २०८२ असार २४, मंगलवार ०७:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP