• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    साथीको कुटपिटबाट दुई जनाको मृत्यु

    • lumbinisanjal
    • २०८२ असार १९, बिहीबार ११:०९
    2.3K
    SHARES
    साथीको कुटपिटबाट दुई जनाको मृत्यु

    झापा , १९ असार । झापामा दुई युवाको शङ्काश्पद रुपमा मृत्यु भएपछि प्रहरीले घटनाको विषयमा सुक्ष्म अनुसन्धान सुरु गरेको छ । शिवसताक्षी नगरपालिका– ९ बस्ने १९ वर्षीय रोमन थापा र १५ वर्षीय आदित्य तामाङको साथीको कुटपिटबाट मृत्यु भएको बताइएको छ ।

    एकसाता अघि साथीसँग झगडा हुँदा थापा र तामाङ घाइते हुनुभइको थियो । घाइते दुबै जनाको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । साथीसँग झगडा भएको र कुटपिट भएको विषयमा दुबै जनाले परिवारलाई भनेका थिएनन् ।

    थापाको शनिबार र तामाङ्को बुधबार उपचारको क्रममा मृत्यु भएको हो । गत असार ११ गते कुटपीटको घटना भएको थियो ।

    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कुटपिटमा संलग्न रहेको आङ्शकामा ६ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको छ । सबै १६ वर्षभन्दा कम उमेर समूहका रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख राजन लिम्बुका अनुसार इलाका प्रहरी कार्यालय झिलझिलेमा कुटपिट सम्बन्धमा उजुरी परेपछि कुटपीटको घटनामा संलग्न रहेका भनिएकाहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ । – गोरखापत्र



    lumbinisanjal   
  • २०८२ असार १९, बिहीबार ११:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP