• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    दीप बोर्डिङमा एसईई उत्कृष्टताका लागि बधाई, उच्च शिक्षामा सफलताको शुभकामना

    • lumbinisanjal
    • २०८२ असार १६, सोमबार २३:१८
    2.5K
    SHARES
    दीप बोर्डिङमा एसईई उत्कृष्टताका लागि बधाई, उच्च शिक्षामा सफलताको शुभकामना

    बुटवल,१६ असार । पश्चिम नेपालकै अग्रणी शैक्षिक संस्था बुटवल सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलले माध्यमिक शिक्षा परीक्षा एसईई २०८१ मा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।

    विद्यालयले सोमबार एक कार्यक्रमको आयोजना गरेर उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा उच्च शिक्षाकालागि शुभकामना कार्यक्रम गरेको हो । विद्यालय संचालक समितिका उपाध्यक्ष उमाकान्त चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले एसईईमा शैक्षिक उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई बधाई दिदै अनुशासन, लगन, मेहनतका साथमा आगामी शैक्षिक यात्रामा सफलताको शुभकामना दिनुभयो ।

    उहाँले विद्यार्थीकालागि आउने वर्ष थप चुनौतीपुर्ण हुने उल्लेख गर्दै थप हौसला, लगनशिलता र अनुशासित भएर अध्ययन गर्न र उत्कृष्टता हासिल गर्न आग्रह गर्नुभयो । दीपले संस्कार सहितको शिक्षा र ब्यवहारिक ज्ञान सिकाउँदै गएको बताँउदै विद्यार्थीले आउने वर्षमा लक्ष्य केन्द्रीत अध्ययन गर्न र भविष्यका योजनाहरु अहिलेदेखिनै बनाउन सुझाव दिनुभयो ।

    कार्यक्रममा सोल्टी होटलका निर्देशक डाक्टर रुपेश श्रेष्ठले पढ्ने विद्यार्थीलाई लक्ष्य केन्द्रित अध्ययन गर्न सुझाव दिनुभयो । विद्यार्थीले आफुले कुन विषय लिएर पढ्दा लक्ष्य केन्द्रीत भईन्स सो विषयमा अध्ययन गर्नु र विषय छनोट गर्नु आजको आवश्यकता भएको बताउँदै हतासमा होईन, बिवेकले विषय रोज्न एसईई उत्तीर्ण भएका विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

    कार्यक्रममा नेपाल बार एशोसियसनका केन्द्रिय उपाध्यक्ष कृष्ण पोखरेल, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, सोल्टी होटलका कार्यकारी प्रमुख इन्द्र खड्का, दीपका उपप्राचार्य कलाधर अर्याल, सुरेन्द्रकुमार शाक्य, दीपको ११÷१२ का संयोजक कमल नेपाल, एकेडेमिक हेड संदिप पटेल, शिक्षक पुरुषोत्तम न्यौपाने, पुर्व विद्यार्थी पुस्कर न्यौपाने, अन्जिला ज्ञवाली, ४ जिपीए ल्याएका विद्यार्थी सक्रिना कुवरलगायतले एसईईमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनु भएको थियो । सो अवसरमा विषयगत शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो ।

    दीपबाट माध्यमिक शिक्षा परीक्षा २०८१ मा सम्मिलीत २ जना तथा जिपीए ३.६० देखि ४.० सम्म प्राप्त गर्ने ५५, जिपीए ३.२० देखि ३. ६० सम्म प्राप्त गर्ने ५० जना र २.७७ देखि ३.२० जिपीएसम्म ल्याउने २३ जना विद्यार्थी रहेको विद्यालयका शिक्षक विजय सापकोटाले जानकारी दिनुभयो ।



    lumbinisanjal   
  • २०८२ असार १६, सोमबार २३:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP