• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    ‘प्राविधिक शिक्षा उत्पादनशीलता र रोजगारीसँग जोडिएको छ’ – निर्देशक तिमिल्सिना

    • lumbinisanjal
    • २०८२ असार १५, आईतवार १५:३६
    3.2K
    SHARES
    ‘प्राविधिक शिक्षा उत्पादनशीलता र रोजगारीसँग जोडिएको छ’ – निर्देशक तिमिल्सिना

    बुटवल, १५ असार । युवाहरूमा प्राविधिक शिक्षातर्फ आकर्षण रहेको प्राविधिक तथा व्यावसायिक शिक्षा परिषद लुम्बिनी प्रदेशका नव नियुक्त निर्देशक अच्युत तिमिल्सिनाले बताएका छन ।

    देशको उत्पादनशीलता र रोजगारीमा प्रत्यक्ष प्रभाव पार्ने हुदा प्राविधिक शिक्षालाई अझ सशक्त बनाउन जरुरी रहेको उनले बताए ।

    स्वास्थ्य तथा प्राविधिक विज्ञ मञ्च, नेपाल लुम्बिनी प्रदेशले बुटवलमा नव नियुक्त निर्देशक तिमिल्सिनालाई स्वागत तथा बधाई कार्यक्रममा उनले युवाहरुलाई लक्षित गरी व्यवहारिक तथा दक्षता अभिवृद्धिमा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने बताए ।

    कार्यक्रममा केन्द्रीय सदस्य डिपी खनाल, केन्द्रीय सल्लाहकार चिरञ्जीवी जोशी, सचिव विनोद घिमिरे र कोषाध्यक्ष मिना पन्थीले प्राविधिक शिक्षाको विकास, गुणस्तर र पहुँच विस्तारमा सिटिइभिटी लुम्बिनी प्रदेशसँग सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    कार्यक्रममा अध्यक्ष चेतन भण्डारीले स्वास्थ्य तथा प्राविधिक क्षेत्रमा रहेका चुनौतीहरू समाधान गर्न सबै सरोकारवाला मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।



    lumbinisanjal   
  • २०८२ असार १५, आईतवार १५:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP