• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    मालारानीले ल्यायो ६२ करोड ९२ लाखको बजेट

    • lumbinisanjal
    • २०८२ असार ११, बुधबार १३:४७
    10.6K
    SHARES
    मालारानीले ल्यायो ६२ करोड ९२ लाखको बजेट

    बुटवल ,११ असार । अर्घाखाँचीको मालारानी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ६२ करोड ९२ लाख ५१ हजार को बजेट सार्वजनिक गरेको छ। ‘कृषि, पर्यटन र सहकारीः समृद्ध मालारानी’ भन्ने मूल नारामा आधारित रहेर गाउँपालिका उपाध्यक्ष दीपा पोखरेलले बजेट प्रस्तुत गर्नुभएको हो ।

    जसअन्तर्गत चालुतर्फ ४५ करोड ७१ लाख २९ हजार र पुँजीगत १७ करोड २१ लाख २२ हजार विनियोजन गरिएको छ।

    गाउँपालिकाको बजेट कृषि, पशुपालन, सामाजिक सुरक्षा, पूर्वाधार, स्वास्थ्य, शिक्षा र सूचना प्रविधि लगायतका कार्यक्रमहरु समेटिएको छ।प्राङ्गारिक मल कारखाना स्थापना गर्ने , किसानका उत्पादन बजारसम्म पुर्‍याउन ढुवानीमा अनुदानका , मालारानी ८ मा मसला उद्योग स्थापना गर्ने जनाएको छ ।

    शिक्षा क्षेत्रमा स्थानीय पाठ्यक्रम ‘हाम्रो मालारानी’ विकास, छात्रवृत्ति, विज्ञान प्रविधि शिक्षा र शिक्षक तालिमलाई प्राथमिकता दिइएको छ।पूर्वाधार निर्माणमा ६ करोड ३० लाख, सामाजिक विकासमा ७ करोड ३७ लाख ५१ हजार, स्वास्थ्य सेवामा दीर्घरोगी निःशुल्क औषधिको लागि २० लाख रकम विनियोजन भएको छ भने नवजात सेवा र ल्याब विस्तारका कार्यक्रम समावेश छन्।

    पर्यटन प्रवर्द्धन
    गाइड तालिम, पर्यटकीय नक्सा प्रकाशन र भगवती मन्दिरको पूर्वाधार निर्माणका योजनाहरू बजेटमा समेटिएका छन्।

    समावेशी कार्यक्रम र स्थानीय विकास
    वडास्तरीय विकासका लागि १ करोड ५७ लाख ५० हजार, संस्थागत विकास तथा सुशासनतर्फ ८ करोड ५२ लाख ५० हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनमा ५८ लाख विनियोजन गरिएको छ।

    महिला, दलित, अपांगता भएका व्यक्ति, वृद्ध, बालबालिका र सुकुम्बासी लक्षित कार्यक्रम समावेश गरिएको छ।

    आम्दानी स्रोत
    समानीकरण अनुदान – ११ करोड ३६ लाख ७२ हजार

    राजस्व बाँडफाँड – ९ करोड ९७ लाख १६ हजार

    सशर्त अनुदान – ३५ करोड ५१ लाख

    विशेष अनुदान – ८७ लाख

    आन्तरिक स्रोत – ३ करोड २३ लाख ६२ हजार ८०५

    गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराईले यो बजेटले समृद्ध मालारानी निर्माणमा सार्थक पाइला चाल्ने विश्वास व्यक्त गर्नुभयो।

    प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले योजनाहरू पारदर्शी र प्रविधिमैत्री प्रणालीमार्फत कार्यान्वयन गरिने जानकारी दिनुभयो।
    उपाध्यक्ष दीपा पोखरेलले स्रोत सीमित भए पनि सहभागितामूलक र आवश्यकता आधारित बजेट निर्माण गरिएको बताउनुभयो।



    lumbinisanjal   
  • २०८२ असार ११, बुधबार १३:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP