• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    रास्वपाका ६ निर्णय- ‘लुटतन्त्र’विरुद्ध लड्ने, सभापति रविमाथिको प्रतिशोधको प्रतिवाद गर्ने

    • lumbinisanjal
    • २०८२ असार ८, आईतवार १३:१५
    2.8K
    SHARES
    रास्वपाका ६ निर्णय- ‘लुटतन्त्र’विरुद्ध लड्ने, सभापति रविमाथिको प्रतिशोधको प्रतिवाद गर्ने

    काठमाडौं ,०८ असार । रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको निष्कर्ष निकाल्दै यसको प्रतिवादमा देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले हस्ताक्षर अभियान सञ्चालन गर्नेलगायत महत्त्वपूर्ण निर्णयहरू गरेको हो ।

    पार्टी स्थापनाको तेस्रो वर्षगाँठ पारेर बसेको बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्दै प्रवक्ता मनिष झाले साङ्गठनिक र राजनीतिक दुवै मोर्चामा पार्टीले नयाँ रणनीति अख्तियार गरेको जानकारी दिए ।

    बैठकले पार्टीका कार्यवाहक महामन्त्री रहेका कविन्द्र बुर्लाकोटीलाई महामन्त्रीको पूर्ण जिम्मेवारी दिने निर्णय गरेको हो । पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको प्रस्तावमा बुर्लाकोटीलाई महामन्त्री र मनिष झालाई प्रवक्तामा नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    त्यसैगरी, पार्टीले विभिन्न विभागहरूको जिम्मेवारी पनि तोकेको छ । जसअनुसार सह-महामन्त्री विपिनकुमार आचार्यलाई प्रशिक्षण विभाग प्रमुख, मनिष झालाई अभियान तथा प्रचारप्रसार विभागको कार्यवाहक प्रमुख र उप-प्रमुख सचेतक रवि किरण अधिकारीलाई अनुसन्धान तथा अभिलेखीकरण विभागको कार्यवाहक प्रमुखको जिम्मेवारी दिइएको छ ।

    बैठकले भिजिट भिसा प्रकरणमा पार्टीले राखेको अडानलाई संसदीय दलका नेताहरूले संसदमा दृढताका साथ प्रस्तुत गरेको भन्दै संसदीय दलप्रति आभार व्यक्त गरेको छ । संसदमा लुटतन्त्रको खारेजी र सुसंस्कृत राजनीतिको संवर्द्धनका पक्षमा सशक्त रूपमा अडिग रहन निर्देशन दिइएको छ । भिजिट भिसा र नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सांसदहरूलाई निलम्बन गरी अनुसन्धानलाई सघाउनुपर्ने र सुशासन तथा स्वस्थ राजनीतिक संस्कारको पक्षमा संसद्‌मा दृढताका साथ प्रस्तुत हुने निर्णय रास्वपाले गरेको हो ।

    बैठकमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पार्टी सभापति लामिछानेको तर्फबाट सम्पूर्ण पार्टी सदस्य, शुभचिन्तक र आमनागरिकप्रति धन्यवाद व्यक्त गरेका थिए । उनले चुनौतीपूर्ण परिस्थितिमा समेत पार्टीलाई साथ दिने सबैप्रति आभार प्रकट गर्दै आन्तरिक गुनासाहरूलाई बिर्सेर राष्ट्र निर्माणको महान् उद्देश्यमा एकढिक्का भई अघि बढ्न आग्रह गरेका हुन् ।



    lumbinisanjal   
  • २०८२ असार ८, आईतवार १३:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP