• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    अदालतले पुनर्बहाली गरेसँगै राजुनाथ नगर प्रहरी कार्यालयमा

    • lumbinisanjal
    • २०८२ असार ५, बिहीबार १२:११
    4.5K
    SHARES
    अदालतले पुनर्बहाली गरेसँगै राजुनाथ नगर प्रहरी कार्यालयमा

    काठमाडौं,०५ असार । आफुलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएपछि काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे कार्यालय पुगेका छन् ।

    बुधबार न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई निलम्बन गर्ने आदेश कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

    अदालतको आदेशपछि पाण्डे बिहीबार महानगर प्रहरी बलको कार्यालय पुगेर काम सुरु गरेका हुन् ।

    उच्च अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि नगर प्रहरी प्रमुखकै जिम्मेवारीमा काम गर्न दिन आदेश दिएको थियो ।



    lumbinisanjal   
  • २०८२ असार ५, बिहीबार १२:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP