• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    बुटवल ६ मा अत्याधुनिक किरियापुत्री भवन उद्धाटन, ८१ जनालाई सम्मान

    • lumbinisanjal
    • २०८२ जेष्ठ ३०, शुक्रबार १९:४१
    2.6K
    SHARES
    बुटवल ६ मा अत्याधुनिक किरियापुत्री भवन उद्धाटन, ८१ जनालाई सम्मान

    बुटवल,३० जेठ । बुटवल उपमहानगरपालिका वडा नम्बर ६ ले किरियापुत्री भवन उद्धाटन गर्नुका साथै बिभिन्न बिधामा ८१ व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ ।

    बुटवल चाँदबारीमा ५६ लाखको लागतमा ६ कोठे किरियापुत्री भवन उद्धाटन गरिएको हो । प्रदेश सरकारको २५ लाख तथा नगर र वडा गरेर ३१ लाख बजेटमा निर्माण भएको भवनको शुक्रबार बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, वडा अध्यक्ष लाेकनाथ न्याैपाने,वडा सदस्यहरु लगायतले उद्धाटन गरे ।

    लगत्तै वडा कार्यालयमा आयोजना गरिएको सम्मान कार्यक्रममा सम्पती कर ब्यक्तीगत तर्फ ५जना, बहाल कर ब्यक्तिगत तर्फ ५ जना तथा सम्पती र बहाल कर सस्थागत तर्फ २ / २ जना, सामाजिक ब्यक्तित्व २० जना, उमभोक्ता समिती ३ वटा, टोल बिकास सस्था ८ वटा, सस्थागत तर्फ ७ वटा, आमा समूह ७ वटा, धार्मिक सस्था ११ वटा, जेष्ठ नागरीक ३ जना र ३ जना कर्मचारी लाई सम्मान गरिएको हो ।

    सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख पाण्डेयले नगरको बिकासको लागि बुटवलले अत्यन्त्रै महत्वपूर्ण कार्यहरु गर्दै आईरेको बताउँदै अहिले प्रतिफल र उपलब्धी देखिने बेला आएको बताए ।

    कार्यक्रममा नगरउपप्रमुख साबित्रादेबी अर्यालले उमहानगरले महिला तथा युवालाई रोजगारसंग जोडेर अगाडी बढेको बताउँदै आवश्यक तालिम माग गरेमा उपमहानगरकै खर्चमा प्रदान गरिँदै आएको बताइन ।

    कार्यक्रममा बुटवल ६ का अध्यक्ष लोकनाथ न्यौपानले आफु निर्वाचित भएर आएसंगै गरेका महत्वपूर्ण गतिविधिहरुको बारेमा जानकारी गराउँदै आगामी आर्थिक वर्षमा समेत वडामा राम्रो बजेट आउनेमा आशाबादी रहेको उल्लेख गरे ।

    किरियापुत्री भवन उपभोक्ता समिती अध्यक्ष श्याम प्रसाद पाण्डेले भवन उत्कृठ अत्याधुनिक भवन बनेको दाबी गरे । सो अवसरमा वडाका अति बिपन्न परिवारलाई चामल समेत सहयोग प्रदान गरिएको वडाका कर्मचारी नारायण प्रसाद खनालले जानकारी दिए ।

     

     



    lumbinisanjal   
  • २०८२ जेष्ठ ३०, शुक्रबार १९:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP