• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    धुर्कोट गाउँपालिका–५ वस्तुमा वर्षाका लागि विशेष पूजा

    • lumbinisanjal
    • २०८२ जेष्ठ २७, मंगलवार ०९:०३
    4.8K
    SHARES
    धुर्कोट गाउँपालिका–५ वस्तुमा वर्षाका लागि विशेष पूजा

    गुल्मी ,२७ जेठ । गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ५, वस्तुमा लामो समयदेखि वर्षा नहुँदा खडेरी लागेपछी स्थानीयवासीहरूले विशेष पूजा अर्चना गरेका छन्।

    धार्मिक विश्वासका साथ गरिएको उक्त पूजामा कालिका मन्दिरका पुजारी पुज्य गुरु धनिश्वर पोखरेलको अगुवाइमा विधिपूर्वक अनुष्ठान सम्पन्न गरिएको हो। वर्षा नपरेर खेतबारी सुक्खा भएपछि स्थानीय बासिन्दा, विद्यार्थीहरू, र विभिन्न उमेर समूहका मानिसहरूले गाग्री बोकी पानीको लागि सामूहिक रूपमा प्रार्थना गरेका छन्।

    पुजारी पोखरेलका अनुसार वर्षाका लागि गरिने यस्तो पूजा परम्परागत विश्वासमा आधारित धार्मिक अभ्यास हो, जसले प्रकृतिको क्रियाशीलतामा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

    स्थानीयवासीहरूले आ–आफ्ना गाँउ टोलमा घण्टी, ढोल र अन्य परम्परागत बाजा बजाउँदै देवताको कृपाका लागि आकाशतर्फ हात उठाएका थिए।

    खेतीपाती सुक्न थालेपछि ग्रामीण जीवनमा थप कठिनाइ नआओस् भनेर गरिएको यस्तो पूजा अबको केही दिनभित्र वर्षा होस् भन्ने कामनासहित सम्पन्न गरिएको हो।



    lumbinisanjal   
  • २०८२ जेष्ठ २७, मंगलवार ०९:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP