• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    रोटरी तिलोत्तमा रुपन्देहीद्वारा नन्दिनी गौशालामा गौ–आहार प्रदान

    • lumbinisanjal
    • २०८२ जेष्ठ २६, सोमबार १३:२०
    2.4K
    SHARES
    रोटरी तिलोत्तमा रुपन्देहीद्वारा नन्दिनी गौशालामा गौ–आहार प्रदान

    बुटवल ,२६ जेठ । रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले बुटवल उपमहानरपालिका वडा नं. ७ मा रहेको नन्दिनी गौशालामा गौ–आहार प्रदान गरेको छ ।

    क्लवको वार्षिक कार्यक्रम अन्तरगत वातावरण दिवसको अवसर पारेर बुटवल उपमहानगरपालिका वडा नं. ७ शिवनगरमा रहेको नन्दिनी गौशालामा गौ–आहार प्रदान गरिएको हो ।

    त्यस अवसरमा क्लवका अध्यक्ष देवीराम पाण्डेले क्लवले सामाजिक उत्तरदायित्व बहन गरी गौशालामा गौ–आहार प्रदान गरिएको बताउनु भयो ।

    त्यस अवसरमा क्लवले एक टाली पराल, १२ बोरा दाना, २ पेटी भेली, १ बोरा नुन प्रदान गरिएको उहाँले बताउनु भयो ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ७ का वडा सदस्य सन्दिप खनालले क्लवले गौशालामा गौआहार प्रदान गरेर राम्रो काम गरेको बताउनु भयो ।

    त्यस अवसरमा कामधेनु गौशाला भलुहीका योगी सोमराज, क्लवका प्रेसिडेन्ट इलेक्ट दीपक भट्टराई, प्रेसिडेन्ट नोमिनी देवीलाल भट्टराई, सचिव अर्जुन आचार्य, कार्यक्रम संयोजक लक्ष्मण विक लगायतले भनाई राख्नुभएको थियो ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ २६, सोमबार १३:२०
  • #Deviram pandey #Rotary Tilottama Rupandehi

    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP