• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    कोटहीमाई गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यादवको निधन,पालिकाले दियो शोक विदा !

    • lumbinisanjal
    • २०८२ जेष्ठ २०, मंगलवार ००:२६
    3.2K
    SHARES
    कोटहीमाई गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यादवको निधन,पालिकाले दियो शोक विदा !

    बुटवल,२० जेठ । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा कार्यरत स्वास्थ्य शाखा प्रमुख (जनस्वास्थ्य अधिकृत) रामनिवास यादवको निधन भएको छ । पाँच दिनअघि सवारी दुर्घटनामा घाइते भएका यादवको सोमबार उपचारको क्रममा भारतको लखनउमा निधन भएको हो ।

    बुधबार कोटहीमाई गाउँपालिका पूर्ण खोप तथा पूर्ण संस्थागत प्रसूति पालिका सुनिश्चितता दिगोपना घोषणा कार्यक्रम सकिएपछि भैरहवा फर्कने क्रममा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा यादव घाइते भएका थिए ।

    दुर्घटनापछि उनको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पतालमा उपचार गरिएको थियो । तर स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि शनिबार भारतको लखनउ लगिएकोमा सोमबार दिउँसो उनको निधन भएको कोटहीमाई गाउँपालिकाले जानकारी दिएको छ ।

    यादवको निधनप्रति शोक दुःख व्यक्त गर्दै गाउँपालिकाले जेठ २० गते आज मंगलबार शोक बिदा दिएको कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले जानकारी दिए।

     



    lumbinisanjal   
  • २०८२ जेष्ठ २०, मंगलवार ००:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP