• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    देशभर सार्वजनिक यातायात बन्द, सर्वसाधारणलाई सास्ती

    • lumbinisanjal
    • २०८२ जेष्ठ १९, सोमबार ०७:४७
    2.1K
    SHARES
    देशभर सार्वजनिक यातायात बन्द, सर्वसाधारणलाई सास्ती

    काठमाडौं,१९ जेठ । गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा सार्वजनिक यातायात व्यवसायीहरूले सोमबारदेखि देशभर अनिश्चितकालीन बन्दको घोषणा गरेका छन् ।

    नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईका अनुसार, ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सार्वजनिक सवारी साधनहरू ग्यारेजमै थन्क्याउने निर्णय गरिएको हो ।

    निजी प्रयोजनका लागि किनेका सवारीसाधनलाई भाडाका सवारीसरह प्रयोग गर्न दिने प्रावधान खारेज गर्न आग्रह गर्दै व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् । यससम्बन्धी ध्यानाकर्षण पत्र सम्बन्धित निकायमा बुझाइएको भए पनि सरकारले कुनै चासो नदिएको भन्दै बाध्य भएर सवारी सञ्चालन रोकिने निर्णय गरिएको हो ।

    आइतबार जारी गरिएको समितिको विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनबाट उत्पन्न हुने असहज परिस्थितिको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले वहन गर्नुपर्नेछ ।

    आम नागरिक, यात्रु, मजदुर, कर्मचारीहरूलाई आन्दोलनमा सक्दो साथ र समर्थन जनाउन आग्रह गर्दछौं ।’यता बिहानैदेखि काठमाडौं उपत्यकाका सडकमा सार्वजनिक यातायातका साधनहरू गुडेका ठप्पप्रायः छ । यातायात नचल्दा सर्वसाधारणहरूले सास्तो ब्यहोर्नुपरेको छ ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ १९, सोमबार ०७:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP