• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    भैरहवामा पानसिया एजुकेशनल कन्सलटेन्सीको नयाँ शाखा

    • lumbinisanjal
    • २०८२ जेष्ठ १५, बिहीबार ०७:४३
    2.4K
    SHARES
    भैरहवामा पानसिया एजुकेशनल कन्सलटेन्सीको नयाँ शाखा

    भैरहवा, १५ जेठ । पानसिया एजुकेशनल कन्सलटेन्सीले रुपन्देहीको भैरहवामा नयाँ शाखा विस्तार गरेको छ । कन्सलटेन्सीले बुधबारदेखि सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ स्थित नारायणपथमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

    बुधबार एक समारोहकाबीच शाखाको शुभारम्भ गरिएको छ । कन्सलटेन्सीका निर्देशक रामजी के.सी.ले जापान, अष्ट्रेलिया, कोरिया, क्यानडा, साइप्रस, युके लगायतका मुलुकमा उच्च शिक्षा हासिल गर्न इच्छुक विद्यार्थीहरूका लागि, तयारी कक्षा तथा आवश्यक सम्पूर्ण परामर्श सेवा भैरहवा शाखाबाट उपलब्ध गराइने बताउनुभयो । भैरहवा शाखा सञ्चालनको पहिलोदिनमै १५ जना विद्यार्थीहरूले परामर्श लिएको उहाँले जानकारी दिनुभयो ।

    स्थानीयस्तरमै शाखा विस्तार गरिएकाले अब यस क्षेत्रका विद्यार्थीहरूले परामर्शका लागि अन्य ठाउँ धाउनुनपर्ने र समय तथा पैसा दुवैको बचत हुने के.सी.ले विश्वास व्यक्त गर्नुभयो । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई थप प्रोत्साहन मिल्ने स्थानीय अभिभावक तथा विद्यार्थीहरुले विश्वास व्यक्त गरेका छन् ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ १५, बिहीबार ०७:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP