• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    धुर्कोटमा सम्पन्न पाँचौं अध्यक्ष कप: दुबै उपाधिमा वडा नं. ३ हाडहाडे बिजय

    • lumbinisanjal
    • २०८२ जेष्ठ ११, आईतवार ०१:०१
    4.8K
    SHARES
    धुर्कोटमा सम्पन्न पाँचौं अध्यक्ष कप: दुबै उपाधिमा वडा नं. ३ हाडहाडे बिजय

    बासुदेव पोखरेल, गुल्मी/११ जेठ गुल्मीको धुर्कोट गाउँपालिकाको आयोजनामा सम्पन्न पाँचौं अध्यक्ष कप अन्तर वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा वडा नं. ३ हाडहाडेले दुवै उपाधि जित्दै दोहोरो सफलता हात पारेको छ ।

    शनिबार धुर्कोट–४ जैसिथोकस्थित कालापोखरा खेल मैदानमा सम्पन्न प्रतियोगितामा गाउँपालिकाका सातवटै वडाबाट टिमहरूको सहभागिता रहेको थियो। पुरुषतर्फ वडा नं. ३ हाडहाडे प्रथम, वडा नं. २ पिपलधारा दोस्रो र वडा नं. ६ रजस्थल तेस्रो स्थानमा रहन सफल भए। यस्तै, महिलातर्फ पनि वडा नं. ३ हाडहाडे प्रथम, वडा नं. ७ वाग्ला दोस्रो र वडा नं. ६ रजस्थल तेस्रो भए ।

    समापन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले खेलकुदले युवा पुस्तालाई अनुशासित, सक्रिय र जिम्मेवार बनाउन सघाउने बताउँदै यस्ता कार्यक्रमले वडाहरूबीचको आपसी सम्बन्ध बलियो बनाउने धारणा राख्नु भयो । “खेलकुद एकता र समृद्धिको आधार हो, यसलाई अझ सुदृढ बनाउँदै लैजान हामी प्रतिबद्ध छौं,” अध्यक्ष पोखरेलले भन्नु भयो ।

    कार्यक्रममा उपाध्यक्ष सीता गिरी, प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी, वडाध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, कर्मचारी, विद्यार्थी र स्थानीय खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख दामोदर घिमिरेले गर्नुभएको थियो ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ ११, आईतवार ०१:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP