• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने देखियो : गृहमन्त्री लेखक

    • lumbinisanjal
    • २०८२ जेष्ठ १०, शनिबार १४:४५
    4K
    SHARES
    कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने देखियो : गृहमन्त्री लेखक

    काठमाडौं ,१० जेठ । गृहमन्त्री एवं नेपाली कांग्रेसका सांसद रमेश लेखकले आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउन लागिपर्ने बताएका छन् । शनिबार (जेठ १०) जनकपुरमा कांग्रेसको मधेस प्रदेश कार्यसमितिको विशेष बैठकमा उनले यस्तो बताएका हुन् ।

    कांग्रेसका नेता–कार्यकर्ताले लामो समयसम्म पनि आफ्नो पार्टीको सरकार नबनेको भन्ने गुनासो गरेको भन्दै उनले यो सही भएको उल्लेख गरे । “लामो समयसम्म कांग्रेसको सरकार बनेन भन्ने कुरा छ । साथीहरूले सही कुरा भन्नुभएको छ,” उनले भने, “यो कुरालाई हामीले केन्द्रमा गम्भीरतापूर्वक लिएका छौँ । यो कुरालाई सम्बोधन गर्नका लागि हामी लागिपर्छौं ।”

    उनले कांग्रेसको नेतृत्वमा सरकार बनाउन आफूहरू गम्भीर रहेको र लागिपर्ने बताए । “हामी अहिले संयुक्त सरकारमा छौँ । नेपाली कांग्रेस र एमालेको सरकार छ । सरकार सञ्चालनमा एकै पार्टीको सरकार हुँदा पनि केही जटिलता हुन्छन्,” उनले भने, “दुईवटा पार्टी र दुईवटामा पनि प्रतिस्पर्धी पार्टीका बीचमा सरकार संयुक्त रूपमा सञ्चालन गर्ने कुरामा केही समस्या, जटिलताहरू उत्पन्न हुन्छन् ।”

    गृहमन्त्री लेखकले मधेस प्रदेश सरकारको आलोपालो नेतृत्व गर्ने सहमति भएको बताए । पछिल्लो १० महिनामा अर्थतन्त्रमा धेरै ठूलो परिवर्तन भएको उनले जिकिर गरे । न्युज एजेन्सी नेपाल



    lumbinisanjal   
  • २०८२ जेष्ठ १०, शनिबार १४:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP