• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    गभर्नरको बोलीले सेयर बजारमा सकारात्मक प्रभाव,नेप्से सूचक १९.०४ विन्दुले बढेर २६८८.५५ अंकमा

    • lumbinisanjal
    • २०८२ जेष्ठ ८, बिहीबार १७:३१
    2.6K
    SHARES
    गभर्नरको बोलीले सेयर बजारमा सकारात्मक प्रभाव,नेप्से सूचक १९.०४ विन्दुले बढेर २६८८.५५ अंकमा

    काठमाडौं ,८ जेठ ।  सेयर बजारमा बिहीबार सकारात्मक माहोल देखिएको छ । नेप्से सूचक १९.०४ विन्दुले बढेर २६८८.५५ अंकमा आएको छ । ९ अर्ब ८२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । वाणिज्य बैंक समूहको सूचक सबैभन्दा बढीले वृद्धि भएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ एउटामै नकारात्मक सर्किट लागेको छ ।

    यसअघि ट्रेडर हावी हुँदा बुधबार भने अन्तिम प्रहरमा गएर नेप्से दबाबमा परेको थियो । अघिल्लो दिन केही घटेको भए पनि बिहीबार बजार पुनः बढेको हो ।

    केन्द्रीय बैंकमा गभर्नर नियुक्त भइसकेका छन् । नवनियुक्त गभर्नरले पुँजी बजार सुधारका लागि उपयुक्त नीतिहरु लिइने बताएपछि बजारमा सकारात्मक प्रभाव देखिएको अनुमान गरिएको छ । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले बुधबार एक टेलिभिजन अन्तवार्तामा बैंक–वित्तीय संस्थाको व्यवसाय विस्तारका लागि सक्दो सहजीकरण गरिदिने बताएका हुन् ।

    यस्तै, सेयर बजार सुधारका लागि पनि उपयुक्त नीतिगत व्यवस्था गरिने उनले सार्वजनिकरुपमै बताएपछि त्यसको सकारात्मक प्रभाव बिहीबारको सेयर बजारमा देखिएको जानकारहरु बताउँछन् । सेयर बजारमा ठूलो जनसंख्या आबद्ध भएको र उनीहरु अहिले समस्यामा परेको भन्दै पुँजी बजार सुधारका लागि काम गर्ने गभर्नरको भनाई छ ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ ८, बिहीबार १७:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP