• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    बुटवलमा सडक दुर्घटना,स्कुटर चालकको मृत्यु

    • lumbinisanjal
    • २०८१ माघ २०, आईतवार ११:५९
    6.9K
    SHARES
    बुटवलमा सडक दुर्घटना,स्कुटर चालकको मृत्यु

    बुटवल २० माघ । बुटवलको राजमार्ग चाैराहमा भएकाे सवारी दुर्घटनामा एक जनाकाे मृत्यु भएको छ। बुटवल बाट भैरहवा जांदै गरेको टिप्परले साेहीदिशा तर्फ जांदै गरेको स्कुटरलाई राजमार्ग चाैराह चाेकमा ठक्कर दिदा उक्त दुर्घटना भएकाे हाे।

    नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका अनुसार लु ९४ प ८५९४ काे स्कुटरमा सवार यात्रुलाई लु २ ख ८८६ नम्बरको ट्रकले ठक्कर दिएकाे थियो।

    दुर्घटनामा गम्भीर घाइते स्कुटरमा सवार यात्रु बुटवल सुक्खानगरका७० बर्षिय धन बहादुर पुनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा निधन भएकाे प्रहरीले जनाएको छ।

    ठक्कर दिएर भागेको ट्रक र चालक नवलपरासीका पुर्ण बहादुर गुराैलाई तिलाेत्तमा नगरपालिका ड्राइभरटाेलबाट नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। घटना बारे अनुसन्धान सुरु भएकाे प्रहरीले बताएको छ।



    lumbinisanjal   
  • २०८१ माघ २०, आईतवार ११:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP