• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    अर्जुन घिमिरेको प्रशिक्षणमा रहेको महिला टिमले जित्यो टाइगर कपको उपाधि

    • lumbinisanjal
    • २०८१ माघ २०, आईतवार १०:१०
    2.5K
    SHARES
    अर्जुन घिमिरेको प्रशिक्षणमा रहेको महिला टिमले जित्यो टाइगर कपको उपाधि

    बुटवल, २० माघ  । सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पोखरामा जारी एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि जितेको छ । पोखरा रंगशालामा आइतबार सकिएको फाइनल खेलमा एपिएफलाई ३ २ को सेटमा पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक महिलातर्फको उपाधि जितेको हो ।

    पहिलो सेटमा १७-२५ ले गुमाएको आयोजक टोलीले दोस्रो सेटमा २९–१७ ले आफ्नो पक्षमा पारेको थियो । पुनः तेस्रो सेट २१-२५ ले एपिएफलाई सुम्पिएको आयोजक टोलीले चौथो सेट २५-१६ ले जित निकालेको थियो । पाँचौं सेटमा आयोजकले उत्कृष्ट प्रदर्शन गर्दै १५-१३ को जित निकाल्दै उपाधि चुम्न सफल भएको हो ।

    पहिलो पटक सहभागिता जनाएको आयोजकले पहिलो पटकमै उपाधि चुम्न सफल भएको हो । महिला भलिबल टिमका लागि अहोरात्र क्रियाशिल एक व्यक्ति हुन् अर्जुन घिमिरे । अर्जुन घिमिरे बुटवलमा बसेपनी उनलाई सवैले अनुभवी प्रशिक्षकको रुपमा चिन्छन्  ।  टाइगर ग्रुपले उनै अनुभवी प्रशिक्षक अर्जुन घिमिरेलाई प्रशिक्षणको जिम्मा दिएको थियो । उपाधि विजेता टाइगर ग्रुपले ५ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गर्यो । उपविजेतामा सीमित एपिफएफले २ लाख ८५ हजार ५५५ रुपैयाँ जित्यो ।



    lumbinisanjal   
  • २०८१ माघ २०, आईतवार १०:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP