• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    राष्ट्रिय शैक्षिक परामर्श संघ (NECA)लुम्बिनीद्वारा क्यालेन्डर विमोचन

    • lumbinisanjal
    • २०८२ बैशाख २९, सोमबार २३:०९
    7.1K
    SHARES
    राष्ट्रिय शैक्षिक परामर्श संघ (NECA)लुम्बिनीद्वारा क्यालेन्डर विमोचन

    बुटवल ,३० बैशाख । राष्ट्रिय शैक्षिक परामर्श संघ (NECA)लुम्बिनी प्रदेश समितिद्वारा नयाँ बर्षको पावन अवसरमा टेवल क्यालेन्डर प्रकाशन गरि बुद्ध जयन्तीको शुभ अवसरमा बिमोचन गरेको छ ।

    नेकाका लुम्बिनी प्रदेश अध्यक्ष गणेश पौडेलको अध्यक्षतामा सम्पन्न बिमोचन कार्यक्रममा कोषाध्यक्ष सन्तोष पाण्डेले मन्तव्य राखेका थिए । पाण्डेले स्थापनाको छोटो समयमा विभिन्न सामाजिक कार्य गर्न सफल नेकालाई सवैले साथ सहयोग गर्नुपर्ने बताएका थिए ।

    जेएलसिटी बुटवलका सञ्चालक नबिन भुषालले मन्तव्य राख्दै नेकाले पछिल्लो समय गरिरहेका कार्यहरु प्रशंसा योग्य रहेको बताएका थिए । उनले नेकालाई अगाडि बढाउन आफू सदैव सक्रिय रहने बताए ।

    कार्यक्रम संयोजक दुर्गा पन्थीले मन्तव्य राख्दै बिमोचन समारोहमा उपस्थित सम्पुर्ण व्यवसायी एवम सहयोगी सवैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

    कार्यक्रमका अध्यक्ष गौडेलले नेकालाई यो स्थान सम्म ल्याउन हर्दम सहयोग गर्ने कार्यसमिती एवम सदस्यहरुलाई धन्यवाद दिदैँ नेकाले शैक्षिक परामर्श गर्दा केही समस्या आइपरे सहयोग गर्ने बताए । उनले नेका नितान्त शैक्षिक परामर्शमै केन्द्रीत संस्था रहेको हुँदा व्यवसायी साथीहरु अप्ठ्यारोमा परेको खण्डमा सहजै आफुले बताउनुपर्ने बताएका थिए ।

    कार्यक्रमको सञ्चालन नेकाका प्रदेश सचिब नारायण पोख्रेलको रहेको थियो । पोख्रेलले नेकालाई आफ्नै संस्था भनी दिनानुदिन सक्रिय सम्पुर्णमा धन्यवाद ज्ञापन गर्दै आउंदा दिनमापनि सहयोगको अपिल गरेका थिए ।



    lumbinisanjal   
  • २०८२ बैशाख २९, सोमबार २३:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP