• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    लियो क्लब अफ बुटवल सेन्ट्रल र पाल्पा एल.एम.सीद्वारा संयुक्त रुपमा सेतो छडि र ब्रेल पेपर प्रदान

    • lumbinisanjal
    • २०८१ माघ २०, आईतवार ०९:४३
    3.5K
    SHARES
    लियो क्लब अफ बुटवल सेन्ट्रल र पाल्पा एल.एम.सीद्वारा संयुक्त रुपमा सेतो छडि र ब्रेल पेपर प्रदान

    बुटवल, २० माघ । लियो क्लब अफ बुटवल सेन्ट्रल र लियो क्लब अफ पाल्पा एल.एम.सीद्वारा संयुक्त रुपमा सेतो छडि र ब्रेल पेपर प्रदान गरेको छ । क्लबले संयुक्त  रुपमा पाल्पा तानसेन नगरपालिका दमकडास्थित  दमकडा माविमा अध्ययनरत २८ जना दृष्ट्रिविहीन विद्यार्थीहरुलाई २८ थान सेतो छडिसहित २५०० पिस ब्रेल पेपर हस्तान्तरण गरेको हो ।

    क्लबले माघ १९ गते सम्पन्न कार्यक्रम दमकडा माविका दृष्ट्रिविहीन शाखाका स्रोत व्यक्ति कृष्ण पराजुली र विद्यालयका शिक्षक रामप्रसाद भट्टराईको उपस्थितिमा सहयोग हस्तान्तरण गरेको थियो । उक्त कार्यक्रममा विद्यालयका दृष्ट्रिविहीन शाखाका सोत व्यक्ति पराजुलीले विभिन्न संघ संस्थाले विभिन्न समय समयमा गरेका सहयोग हस्तान्तरणका र संघीय सरकारले उपलब्ध गराउने सहयोगका कारण विभिन्न जिल्लाबाट विद्यालयमा अध्ययनरत विद्यार्थीलाई नि: शुल्करुपमा अध्ययनसहित छात्राबास सम्भव भएको बताउदैं सोहि बिद्यालयमा अध्ययन गरेर करीब २५ जना विद्यार्थी सरकारी सेवाका प्रवेश समेत गरेकोले दृष्ट्रिविहीनता असक्षमता नभएकोले स्थानीय सरकारले दृष्ट्रिविहिन विद्यार्थीको क्षमता विकासका लागि विशेष ध्यान दिनुपर्ने बताउनु भएको थियो ।

    पाल्पा एलएमसीका अध्यक्ष सञ्जु आलेले कार्यक्रममा मन्तव्य राख्दै आफ्नो क्लबले हरेक वर्ष सोही विद्यालयका विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै यस वर्ष बुटवल सेन्ट्रलसंगको सहकार्यमा विद्यार्थीका लागि महत्वपर्ण उपयोगी भविष्यको पाहिला अगाडि बढाउने सेतो छडि भविष्य कोर्ने ब्रेल पेपर हस्तान्तरण गर्न पाउदा खुसी लागेको बताउँदै विद्यालय व्यवस्थापन  समिति, प्रधानाध्यापकलाई सहजिकरण गरेकोप्रति आभार व्यक्त गर्नुभएको थियो ।

    लियो क्लब अफ बुटवल सेन्ट्रलका अध्यक्ष जीवन शर्माले  बिद्यार्थीहरुले नै  नेपालको भविष्य कोर्न सक्ने बताउदै विद्यालयमा अध्ययनरत दृष्ट्रिविहिन विद्यार्थीहरु प्रेरणका स्रोत भएको र अन्न्य विद्यार्थीहरुलाई अध्ययनका लागि मार्गनिर्देश गरेको बताउदै विद्यालय व्यवस्थापन समितिप्रति कृतज्ञता प्रकट गर्दै आगामी दिनमा पनि क्लबले क्लबको मोटो स्वार्थ भन्दामाथी सेवाभावसहित विद्यालयसंग सहकार्य गर्ने बताउनु भएको थियो ।

    उक्त कार्यक्रममा लियो ३२५ पि नेपालका डिष्ट्रिक अफिसर श्रीधर कुवर, स्वस्तिका खत्री, एरीया १ का को चिफ विकास टण्डन लगायतको सहभागितासहित कार्यक्रममा मन्तव्य राख्नु भएको थियो भने उक्त कार्यक्रमको सञ्चालन सरोज खनालले गर्नुभएको थियो ।



    lumbinisanjal   
  • २०८१ माघ २०, आईतवार ०९:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP