• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    भारत भन्छ , पाकिस्तानी सेनाको ब्यारेकमा आक्रमण गरिएको छैन

    • lumbinisanjal
    • २०८२ बैशाख २४, बुधबार ०९:५५
    2.8K
    SHARES
    भारत भन्छ , पाकिस्तानी सेनाको ब्यारेकमा आक्रमण गरिएको छैन

    नयाँदिल्ली, २४ बैशाख । भारतीय सेनाले मङ्गलबार राति पाकिस्तानमा भएको हवाई आक्रमणमा आतङ्ककारी ठेगानाहरूलाई मात्रै लक्षित गरिएको स्पष्ट पारेको छ । भारतीय सेनाका अनुसार कुनै पनि पाकिस्तानी सैनिक आधार शिविर र ब्यारेकमाथि आक्रमण गरिएको छैन ।

    भारतीय सेनालाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले जनाएअनुसार पाकिस्तान अधिनस्थ कश्मिरस्थित जैश–ए–मोहम्मद र लश्कर–ए–तैयबका सेल्टरलाई मात्रै लक्ष्य बनाएर हवाई आक्रमण गरिएको छ । कश्मीरको पहलगाममा अप्रिल २२ मा भएको आतङ्ककारी आक्रमणमा एकजना नेपाली नागरिकसहित २६ जना पर्यटक मारिएका थिए ।

    त्यसबेला चरमपन्थीले धर्म सोध्दै गोली प्रहार गरेका थिए । यस हमलाको जिम्मा सुरुमा लश्कर–ए–तैयबको संगठन द रेसिस्टेन्स फ्रन्ट (टीआरएफ) ले लिएको थियो । तर पछि यो समूह उक्त घटनाको जिम्मेवारी लिनबाट पन्छिएको थियो ।



    lumbinisanjal   
  • २०८२ बैशाख २४, बुधबार ०९:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP