• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    गोठमा आगो लाग्दा गुल्मीको धुर्कोटमा एक बालकको ज्यान गयो

    • lumbinisanjal
    • २०८२ बैशाख १२, शुक्रबार २१:०२
    7.4K
    SHARES
    गोठमा आगो लाग्दा गुल्मीको धुर्कोटमा एक बालकको ज्यान गयो

    बुटवल , १२ बैशाख । गोठमा लागेको आगोमा परेर गुल्मीमा एक बालकको मृत्यु भएको छ। गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर १ आरुखर्क निवासी गणेश नेपालीको गोठमा लागेको आगोमा परेर उनका छोरा चार बर्षीय विवेक नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ।

    नेपालको गोठमा शुक्रबार दिउँसो आगो लागेको थियो। दिउँसो बालबालिकाहरुले खेल्ने क्रममा आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

    गोठमा अचानक आगलागी भएपछि विवेककी दिदी गुहार माग्दै बाहिर निस्किएपनि उनी भने गोठभित्रै बसेकोले आगलागीमा परेको वडाध्यक्ष चेतमान कुँवरले जानकारी दिए।

    आगलागीबाट ढुंगा र माटोले बनेको दुईतले गोठ जलेर पूर्णरुपमा नष्ट भएको छ। वडाध्यक्ष कुँवरका अनुसार गोठमा भएका पशु चौपाया भने आगलागीबाट जोगिएका छन्।



    lumbinisanjal   
  • २०८२ बैशाख १२, शुक्रबार २१:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP