• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    जथाभावी फोहोर फाल्नेलाई सिद्धार्थनगरद्धारा जरिवाना

    • lumbinisanjal
    • २०८२ बैशाख १२, शुक्रबार १५:१२
    1.6K
    SHARES
    जथाभावी फोहोर फाल्नेलाई सिद्धार्थनगरद्धारा जरिवाना

    भैरहवा, १२ बैशाख । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका भैरहवाले सार्वजनिक स्थानमा जथाभावि फोहोर फाल्नेलाई जरिवाना लगाएको छ । पटक पटक सुचना जारी गर्दा समेत अटेर गरी जथाभावि फोहोर फाल्न नछाडेपछि नगरपालिकाले जरिवाना पत्र काटेको हो ।

    नगरका सडक पेटी एवं सार्वजनिक स्थानहरुमा जथाभावि फोहोर फाल्ने ६  ब्यबसायीक फर्मलाई पहिलोपटकलाई पाँच हजारका दरले जरिवाना तोकीएको छ । नियमीत सरसफाई एवंम फोहोर मैला घर घरमा पुगेर उठाउदाँ पनि कतीपयले अटेर गरी सार्वजनीक स्थानमा फोहोर फाल्न नछाडे पछि बाध्य भएर जरिवाना काट्नु परेको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले जानकारी दिए । ‘नगर स्वच्छ, सफा, हराभरा र सुन्दर राख्ने दायीत्व सवैको हो । हामीले सरसफाई गरीरहने र जथाभावि फोहोर पनि फालीनै रहने हो भने यो उदेश्य पुरा हुन सक्दैन । उनले भने‒त्यसकारण नगरसफा राख्ने कार्यमा सवैले सहयोग गरौ ।’

    नगरपालिकाले शुक्रवार वडा नं ५ का गणेश लक्ष्मि कलेक्सन, हरि ओम फुल घर, के.जी फु्रट एण्ड मेटिरेवल सप्लायर्स, आर.जे फु्रट एण्ड सब्जी सप्लायर्स, वडा नं ६ को नव दुर्गा प्लाष्ट्रिक सप्लायर्स र  १२ को वेवि लेन्डलाई पहिलोपटकलाई पाँच हजार जरिवाना तोकेको हो । फोहोरमैला ब्यवस्थापन ऐन २०६८ को दफा ३८ (क) को कसुर ठहर गरी सोही ऐनको ३९ (१) अनुसार जरिवाना तोकीएको र उक्त जरीवाना ३ दिन भित्र नबुझाए थप कार्वाही गरीने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए ।

    जथाभावी फोहोर फाल्नेहरु माथी नगरपालिकाले निगरानि बढाएको र त्यसरी जो कोहीले सार्वजनीक स्थानमा फोहोर फालेको पाईएको कार्वाही गरिने उनले बताए ।



    lumbinisanjal   
  • २०८२ बैशाख १२, शुक्रबार १५:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP