• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    बुटवलको गैरे प्रतिष्ठानमा रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच भेरियन्ट बाइक पाइने

    • lumbinisanjal
    • २०८२ बैशाख ४, बिहीबार १५:५५
    5K
    SHARES
    बुटवलको गैरे प्रतिष्ठानमा रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच भेरियन्ट बाइक पाइने

    बुटवल , ४ बैशाख । रोयल इनफिल्ड बुटवलको आधिकारिक बिक्रेता ‘गैरे प्रतिष्ठान प्रालि’ ले एक कार्यक्रम गरी आज बुटवलमा रोयल इन्फिल्डको पाँच भेरियन्ट सहितको रोयल इन्फिल्ड सिकेडी प्लान्टमा बनेका नयाँ क्लासीक बाइकको बुकिङ, टेस्ट राइड र विक्री आजबाट सुरू गरेको छ ।

    बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरी प्रसाद अर्यालले उक्त बाईकको उद्घाटन गरे सङ्गै प्रतिष्ठानले बिक्रीको शभारम्भ गरेको हो । मध्यम आकारको मोटरसाइकल (३५० सीसी–६५० सीसी) क्षमताका बाइक उत्पादनमा विश्वव्यापी रूपमा अग्रणी रोयल इनफिल्डले क्लासिक ३५० मोडल नेपालमा सार्वजनिक गरेको हो । पुरानो आकर्षणलाई कायम राख्दै आधुनिक सुधार सहित क्लासिक ३५० सार्वजनिक गरेको हो । रोयल इन्फिल्ड सिकेडीमा उत्पादित यो मोटरसाइकल अब देशभरका ग्राहकको पहुँचमा पु¥याइने प्रतिष्ठानले बताएको छ । यसको सुरूवाती भेरियन्टको मुल्य ५ लाख ५५ हजार तोकिएको छ । सुरूवाती भेरियन्टमै कम्पनीले डुअल च्यानल एबीएस सहित प्रिमियम एलईडी हेडल्याम्प एलईडी पाइलटल्याम्प पनि उपलब्ध गराउनेछ । यस्तै त्यसमा टाइप सी युएसबी चार्जर हुनेछ भने गियर सुचक जनाउने गियर इन्डिकेटर पनि हुनेछ ।

    आधुनिक सुविधा सहित अतुलनीय मुल्यमा रोयल इन्फिल्ड उपलब्ध हुने भएको हो । अबदेखि नेपालमा क्लासिक सबै भेरियन्टमा एबीएस उपलब्ध हुने प्रबन्ध सञ्चालक सदस्य प्रवेश गैरेले बताए । न्यू क्लासिक ३५० सातवटा आकर्षक रङमा उपलब्ध हुनेछ । पाँच भेरियन्टका बाइकहरू हेरिटेज, हेरिटेज प्रिमिय, सिग्नल्स, क्लासिक डार्क र क्लासिक क्रोममा उपलब्ध हुनेछन् । प्रत्येक भेरियन्टमा आधुनिक इन्जिनियरिङ सँगै आकर्षक डिजाइन रहेका छन् । सन् १९५० देखि चलिरहेको क्लासिकले विशुद्ध मोटरसाइक्लिङ्गको प्रतिनिधित्व गर्दै आएको कम्पनिले जनाएको छ ।

    क्लासिक ३५० सार्वजनिक भए पछि कम्पीनका प्रमुख वाणिज्य अधिकृत यदविन्दर सिंह गुलेरियाले नेपाली बजार हाम्रा लागि सधैँ विशेष रहँदै आएको बताएका छन् । नेपाली बजारमा त्यस प्रकारको प्रभाव रहेको गैरे प्रतिष्ठान प्राली बुटवलका अध्यक्ष प्रेम राज गैरेले पनि पुष्टि गरेका छन् । मध्यम तौल मोटरसाइकलका १० मध्ये ८ पारखीहरूले रोयल इन्फिल्डलाई विश्वास गरेको उनले बताएका छन् । यसको नेपाली बजार मुल्य रु ५,५५,००० देखि ५,७९,००० सम्म रहेको प्रमुख प्रबन्धक धुर्व सापकोटाले बताए ।

    आकर्षक स्वरूप भिन्टेज आकर्षण र सुधारिएको प्रविधिका कारण क्लासिक ३५० रोयल इन्फिल्डको सांस्कृतिक प्रतीकसँगै त्यसको डीनएको आधिकारिक स्वरूप बन्ने विश्वास रहेको प्रतिष्ठानले बताएको छ । यसको हेरिटेज प्रिमियम भेरियन्ट मेडालियन ब्रोन्जमा उपलब्ध छ । यसले क्लासिकको वास्तविक स्वरूपलाई थप समृद्ध बनाएको छ । सिग्नल सिरिज कमाण्डो स्यान्डमा रहेको सिग्नल सिरिजले रोयल इन्फिल्डको सशस्त्र बलसँगको ऐतिहासित सम्बन्धको सम्मान गर्छ । स्वरूपले झनै सौन्दर्य बढाएको छ । डार्क सिरिज खैरो र कालो मिश्रित रंगमा तामाको हल्का लेपनले यसलाई थप आकर्षक बनाएको छ ।

    क्लासिक क्रोम निख्खर हरियो स्वरूपमा उपलब्ध यस मोडलले भिन्टेज शैली र प्रिमियम स्वरूपको प्रतिनिधित्व गर्दछ । सिकेडी ब्राजिल, अर्जेन्टिना, थाइल्याण्ड, कोलम्बिया, बङ्गालादेशमा र भारतको तमिलनाडु बाट यसको उत्पादन हुने गरेको प्रतिष्ठानले जनाएको छ । गैरे प्रतिष्ठान प्रालिले क्लासिक ३५० र रोयल इलफर्ड हिमालयन स्क्रयाम ४११ मोडलको मोटरसाइकल पनि बिभिन्न समयमा लञ्च गरेको गरि सकेको छ ।



    lumbinisanjal   
  • २०८२ बैशाख ४, बिहीबार १५:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP