• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    अमेरिकामा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु

    • lumbinisanjal
    • २०८१ चैत्र २९, शुक्रबार ०५:४४
    1.8K
    SHARES
    अमेरिकामा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु

    न्यूयोर्क,२९ चैत । अमेरिकाको हडसन नदीमा भएको हेलिकोप्टर दुर्घटनामा परी तीन बालबालिका सहित ६ जनाको मृत्यु भएको छ। न्यूयोर्कका मेयर एरिक एडम्सले दिएको जानकारी अनुसार हेलिकोप्टरमा यात्रा गर्नेमा अमेरिकी पाइलट सहित ५ स्पेनी नागरिक थिए।

    न्युयोर्क प्रहरीले परिवारले पुष्टि नगरेसम्म मृतकको पहिचान नदिने बताएको छ। हेलिकोप्टर दुर्घटनाको कारण खोजी हुँदै छ। आकाशबाट हेलिकोप्टर हडसन नदीमा खसिरहेको दृश्य सार्वजनिक भएको छ। जर्ज वासिङ्टन पुलतर्फ हेलिकोप्टर अगाडि बढिरहेको समयमा दुर्घटना भएको हो।

    त्यसको लगत्तै बचाउन प्रयास गरिए पनि त्यो प्रयास सफल भएको थिएन। चार जना घटना स्थलमा तथा दुई जना नजिकै अस्पताल लगिए पछि मृत घोषित भएका थिए।



    lumbinisanjal   
  • २०८१ चैत्र २९, शुक्रबार ०५:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP