• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    सिद्धार्थ क्याम्पसमा नवनियुक्त क्याम्पस प्रमुख चापागाईद्वारा पदभार ग्रहण

    • lumbinisanjal
    • २०८१ चैत्र २५, सोमबार ०९:००
    6.6K
    SHARES
    सिद्धार्थ क्याम्पसमा नवनियुक्त क्याम्पस प्रमुख चापागाईद्वारा पदभार ग्रहण

    बुटवल ,२५ चैत । पश्चिम नेपालको अग्रणी शैक्षिक संस्था सिद्धार्थ गौतम बुद्ध क्याम्पसका नवनियुक्ति क्याम्पस प्रमुख गोपाल प्रसाद  चापागाईले पदभार ग्रहण गर्नुभएको छ । नवनियुक्त क्याम्पस प्रमुख चापागाईले सोमबार एक समारोहका बिच क्याम्पस प्रमुखको जिम्मेवारी ग्रहण गर्नुभएको हो । यस अगाडीका क्याम्पस प्रमुख कृष्णप्रसाद शर्माको राजीनामा पछि हालै बसेको क्याम्पस व्यवस्थापन समितिको बैठकले चापागाईलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको थियो ।

    क्याम्पस प्रमुखको जिम्मेवारी ग्रहण गर्दै नवनियुक्त क्याम्पस प्रमुख चापागाईले क्याम्पसको विकास, विस्तार र शैक्षिक गुणस्तर बृद्धि आवश्यक रहेको बताउनु भयो । उहाँले त्यसका लागि आफूले मन, बचन र कर्मले लाग्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले क्याम्पस सञ्चालनका लागि आफूले योजना बनाएको बताउँदै त्यस योजनामा साथ र सहयोग गर्न पनि सबैलाई आग्रह गर्नुभयो ।

    कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले गरिव तथा विपन्न विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनका लागि सिद्धार्थ गौतमबुद्ध क्याम्पसको स्थापना गरिएको बताउँदै गुणस्तरीय शिक्षाका लागि प्रतिवद्ध हुन क्याम्पस प्रशासनलाई आग्रह गर्नुभयो ।

    उहाँले क्याम्पसको श्रीबृद्धि पूर्वाधार विकास लगायतका कुराको लागि योजना बनाएर ल्याउन आग्रह गर्नुभयो ।

    क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष निर्मलप्रसाद लाकौलको अध्यक्षतामा भएको कार्यक्रममा निमित्त क्याम्पस प्रमुख कृष्णप्रसाद खनाल, पूर्व क्याम्पस प्रमुख विष्णुप्रसाद राना, प्रजातन्त्रवादी प्राध्यापक संघ क्याम्पस इकाई समितिका सभापति तारा ज्ञवाली, नेपाल प्रतितिशिल प्राध्यापक संगठनका इकाई अध्यक्ष तथा केन्द्रीय सदस्य भूपाल शर्मा लगायतले शुभकामना व्यक्त गर्दै आफूहरुको पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख रामनाथ उपाध्यायले गर्नुभएको थियो ।



    lumbinisanjal   
  • २०८१ चैत्र २५, सोमबार ०९:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP