• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    नयाँ वर्ष २०८२ : क्यानडाको टोरोन्टोमा नेपाली झण्डा फहराइने

    • lumbinisanjal
    • २०८१ चैत्र २१, बिहीबार १२:०४
    3K
    SHARES
    नयाँ वर्ष २०८२ : क्यानडाको टोरोन्टोमा नेपाली झण्डा फहराइने

    बुटवल ,२१ चैत । नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिसेस, टोरन्टोको आयोजनामा नेपाली नयाँ वर्ष २०८२ को अवसरमा दोश्रो वर्ष पनि टोरोन्टो सिटी हलमा नेपाली झण्डा फहराउने तय भएको छ। कार्यक्रम अप्रिल १४, २०२५ बिहान हुने आयोजक संस्थाले जनाएको छ।

    सो अवसरमा नेपाली समुदायका सदस्यहरू, प्रतिष्ठित व्यक्तित्वहरू तथा नेपाली संस्थाका प्रतिनिधिहरूलाई सहभागी भई नेपाली संस्कृति, पहिचान र एकताको प्रत्यक्षदर्शी बन्न अनुरोध गरिएको छ।

    संस्थाका महासचिव सुदर्शन सापकोटाले यो कार्यक्रमले समग्र नेपालीको आत्मसम्मान , आफ्नो पन र मौलिकता झल्काउने गरि कार्य अघि बढेको बताए । उनले संस्थाले गर्ने गतिविधिहरू मध्ये एउटा अविछिन्न कार्यक्रमका रूपमा अघि बढाइने उल्लेख गरे । नेपाली नयाँ वर्षका दिन गत वर्ष पहिलो पटक झण्डोतोलनको कार्यक्रमको आयोजना गरिएको थियो।

     



    lumbinisanjal   
  • २०८१ चैत्र २१, बिहीबार १२:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP