• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    फुटसल प्रतियोगिता : मिडिया कपको खेल तालिका सार्वजनिक

    • lumbinisanjal
    • २०८१ चैत्र १५, शुक्रबार १४:४६
    2.8K
    SHARES
    फुटसल प्रतियोगिता : मिडिया कपको खेल तालिका सार्वजनिक

    बुटवल, १५ चैत । नेपाल पत्रकार महासंघ, रुपन्देहीले चैत १६ गते शनिबार (भोली) देखि आयोजना गर्न लागेको मिडिया कप तथा शाइन रेसुंगा कर्पोरेट कप (फुटसल प्रतियोगिता–२०१८) अन्तर्गत मिडिया कपको खेल तालिका सार्वजनिक गरिएको छ ।
    प्रतियोगिता भोली बिहान ८ बजेदेखि सुरु हुने पत्रकार महासंघ रुपन्देहीका सचिव सी.पी. खनालले बताए ।

    पहिलो खेल बिहान ८ बजे नयाँदिशा अनलाइन र लुम्बिनी अनलाइनबीच हुने प्रतियोगिताका संयोजक तथा पत्रकार महासंघ रुपन्देहीका सह–सचिव सुमन श्रेष्ठले बताए । उनका अनुसार दोस्रो खेल बिहान ८ः३० बजे लुम्बिनी टेलिभिजन र गर्जन पोष्ट हुनेछ ।
    त्यस्तै बिहान ९ बजे (तेस्रो खेल) तिलोत्तमा सिटी र बुद्ध सामूदायिक टेलिभिजनबीच हुनेछ । बिहान ९ः३० बजे (चौथो खेल) सबल पोष्ट र ग्लोबल आवाज र पाँचौ खेल १० बजे दोस्रो खेलमा विजयी हुने टीम राज्य टेलिभिजनसँग प्रतिष्पर्धा गर्नेछ ।

    छैठौं खेल बिहान १०ः३० बजे पहिलो र तेस्रो खेलका विजेताबीच प्रतिष्पर्धा हुनेछ । त्यसै गरी सातौं खेल बिहान बिहान ११ बजे पाँचौ र चौथो खेलका विजेताबीच प्रतिष्पर्धा हुनेछ ।

    फाइनल खेल चैत १८ गते सोमबार छैठौं र सातौं खेलका विजेताबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएका छन् ।

    नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा सञ्चार संस्थाहरुका बीचमा एफएनजे मिडिया कप फुटसल प्रतियोगिता र संघ–संस्थाहरुका बीचमा शाइन रेसुंगा कर्पोरेट कप फुटसल प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष दिनेश पाण्डेले बताए ।

    प्रतियोगिताको मुख्य संरक्षकमा बुटवल उपमहानगरपालिका, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, प्रवद्र्धकमा तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका, प्रदेश खेलकुद परिषद्, लुम्बिनी र कृषि विकास बैंक लिमिटेड रहेका छन् ।

    बुटवल उपमहानगरपालिका–११ देवीनगर, नमूना पथस्थित ग्रीनफिल्ड फुटसल कोर्टमा प्रतियोगिता हुने आयोजकले जनाएका छन् ।



    lumbinisanjal   
  • २०८१ चैत्र १५, शुक्रबार १४:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP