• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    तिलोत्तमा गोल्डकप :पुलिसलाई हराउँदै ब्याईज युनाईटेड विजय

    • lumbinisanjal
    • २०८१ चैत्र १०, आईतवार १३:२९
    1.7K
    SHARES
    तिलोत्तमा गोल्डकप :पुलिसलाई हराउँदै ब्याईज युनाईटेड विजय

    बुटवल, १० चैत । रुपन्देहीमा जारी २३ औ तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो क्वाटरफाईनल खेलमा ए डिभिजन विजेता चर्च ब्याईज युनाईटेड विजयी हुदै अन्तिम चारमा स्थान बनाएको छ ।

    विभागिय टिम नेपाल पुलिस क्लबलाई ट्राईबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै सेमीफाईनलमा स्थान बनाएको हो । यो सिजनमा विभिन्न ४ वटा प्रतियोगिताको उपाधि विजेता चर्चले तिलोत्तमा गोल्डकपमा दाबेदारी समेत पेश गरेको छ ।

    देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको निक्कै प्रतिस्प्रात्मक खेलमा शुरुवाट नै चर्च हाबी बन्यो । पहिलो हाफमा पाएको धेरै अवसर गुमाएको चर्च गोलरहित बराबरीमा रोकियो । दोस्रो हाफमा आक्रमक खेल प्रस्तुत गरेको पुलिसबाट पनि गोलका अवसर गुम्यो । निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसक्दा खेल ट्राईबेकरमा धकेलियो ।

    ट्राईबेकरमा चर्चका अमन लामा, चेतन चौधरी, अरमान बिउडियम र प्रवेश कुवरको प्रहार गोलमा परिणत भयो । आकाश राई र सर्जजो डिकोको प्रहार रोकिदिए । यता नेपाल प्रहरी क्लबका प्रज्वल चौधरी, गोलकिपर अमित टमाटा, अरुण गाहाले गोल गरे । मान बहादुर परियार बाहिरियो । ओसेन्द्र कटुवाल र बिबेक पाण्डेको प्रहार बारमा लागेर बाहिरियो ।

    खेलमा चर्च ब्याईजका अमन लामा म्यान प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए । सोमबार प्रतियोगिताको तेस्रो खेलमा संकटा एफसी र जर्जियन एफसी भारतका बिचमा हुने संघका अध्यक्ष लोक पुनले बताए ।



    lumbinisanjal   
  • २०८१ चैत्र १०, आईतवार १३:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP