• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    श्रृङेश्वर क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानलनै विजय,गठबन्धनलाई लाग्यो धक्का ।

    • lumbinisanjal
    • २०८१ चैत्र ५, मंगलवार २०:३५
    1.8K
    SHARES
    श्रृङेश्वर क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानलनै विजय,गठबन्धनलाई लाग्यो धक्का ।

    गुल्मी , चैत ०६ । गुल्मीको रुरुक्षेत्र गाउँपालिकास्थित श्रृङ्गीश्वर बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी यनियन (स्ववियू) को निर्वाचनमा अखिल क्रान्तिकारीको पुरै प्यानल विजयी भएको छ ।

    निर्वाचनमा अध्यक्ष पदमा अखिल क्रान्तिकारीका उम्मेदवार बिशाल थापाले ६५ मत प्राप्त गरेर निर्वाचित हुंदा नेकपा एमाले निकट अनेरास्ववियु र नेपाली का्ग्रेस निकट नेविसंघका संयुक्त प्यानलका नेत्रप्रसाद ज्ञवालीले ४१ मत प्राप्त गरेका छन् ।

    ११२ मतदाता रहेको क्याम्पसमा १०६ मत खसेको थियो । यो सङ्गै यस् क्याम्पसमा अखिल क्रान्तिकारीले लगातार ३ पटक स्ववियु निर्वाचन आफ्नो पोल्टामा पारी ह्याटि्रक मारेको छ। त्यस्तै सचिव पदमा संयुक्त प्यानललाई पराजित गरि क्रान्तिकारीका उमेदवार पुष्पा कुंवरले बाजी मार्दा कोषाध्यक्ष पदमा क्रान्तिकारीकै सिर्जना बस्यालले बाजी मारेकी छन् ।
    सदस्यहरुमा अप्सरा परियार, दया पौडेल र विपना थापा निर्वाचित भएका छन्।



    lumbinisanjal   
  • २०८१ चैत्र ५, मंगलवार २०:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP