• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला चार हजार रुपैयाँले बढ्यो

    • lumbinisanjal
    • २०८१ चैत्र १, शुक्रबार ०६:२३
    3.6K
    SHARES
    सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला चार हजार रुपैयाँले बढ्यो

    बुटवल , १ चैत । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुनको मूल्य प्रतितोला चार हजार रुपैयाँले बढेर एक लाख ७४ हजार पाँच सय रुपैयाँ कायम भएको छ । स्थानीय बजारमा बिहीबार सुन प्रतितोला एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार ५०रुपैयाँ कायम भएको छ ।

    नेपाल सुन चाँदी व्यवसायी महासङ्घका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले आन्तरिक कारण भन्दा बाह्य कारणले सुनको मूल्य बढेको बताए । ‘अमेरिकी डलरको मूल्यवृद्धि, अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमलगायतका कारणले मूल्य बढेको हो । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिअनुसार समायोजन गर्दा स्थानीय बजारमा हालसम्मकै उच्च मूल्य कायम भएको हो’, उनले भने । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस दुई हजार ९८२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।



    lumbinisanjal   
  • २०८१ चैत्र १, शुक्रबार ०६:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP