• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    सांस्कृतिक एकता र सद्भावमा जोड दिदैं बुटवल उद्योग बाणिज्य संघको होलि मिलन सम्पन्न

    • lumbinisanjal
    • २०८१ फाल्गुन २९, बिहीबार ०८:१०
    1.7K
    SHARES
    सांस्कृतिक एकता र सद्भावमा जोड दिदैं बुटवल उद्योग बाणिज्य संघको होलि मिलन सम्पन्न

    बुटवल, २९ फाल्गुण । सांस्कृतिक विविधतामा एकताको खाँचो रहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । विविधतामा एकताको रुपमा रहेको फागूपूर्णीमाको अवसरमा बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले बिहिबार संघमा आयोजना गरिएको होली मिलन कार्यक्रमका सहभागीहरुले विविधतामा एकता सहित र सास्कृतिक सहिष्णुतामा जोड दिएका हुन् ।

    कार्यक्रममा बुटवल उपमहानरापलिकाका नगर प्रमुख खेलराज पाण्डेयले फागुपर्वले सबै नेपालीलाई सास्कृतिक एकताको शुत्रमा बाध्ने काम गरेको बताउँदै पर्वले आपसी सद्भाव र धार्मिक सहिष्णुता समेत कायम गर्दै आएको बताउनु भयो ।  उहाँले नेपाली समुदायले मनाउने पर्वको धार्मिक, साँस्कृतिक र ऐतिहासिक समेत महत्व उजागर गर्दै आएको बताउँदै यसको महत्वलाई आत्मसाथ गर्दै अगाडी बढ्नुपर्ने कुुरामा जोड दिनुभयो ।

    बुटवल उपमहानरपालिकाले लामो समय देखि विकास निर्माण सहितका सामाजिक, आर्थिक र धार्मिक क्षेत्रमा समेत धेरै काम गर्दै आएको बताउँदै उहाँले ‘समानता, स्वाभिमान र अवसर ः बस्नयोग्य बुटवल शहर’को सपना साकार पार्नको लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।
    होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले बुटवल उद्योग बाणिज्य संघले संघको स्थापना देखि नै रङ्गहरुको पर्वको रुपमा रहेको फागूपूर्णीमामा कार्यक्रम आयोजना गर्दै आएको स्मरण गर्दै अग्रजहरुको देखेको सपना साकार पार्नको लागि सबैले सहकार्य गर्नुपर्ने बताउनु भएको थियो ।

    कार्यक्रममा संघका पुर्वअध्यक्ष अर्जुनमान शंैजूले फागु जस्ता पर्वले धार्मिक एकता समेत कायम गर्दै आएको बताउनु भयो । उहाँले सामाजिक एकताको पर्वको रुपमा रहेको फाुगू पूर्णीमाले सबैमा सकारात्मक चिन्तन विकास गर्नेमा जोड दिनुभयो । त्यसैगरी बुटवल उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष लोकनाथ न्यौपानेले बुटवलको विकासको लागि सबैजनाले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

    नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश अध्यक्ष काजीमान श्रेष्ठ, रुपन्देही व्यापार संघका सचिव मनहरी बस्याल, उद्योग व्यापार संघ बुटवलका महासचिव यमलाल मरासिनी, बुटवल उद्योग वाणिज्य संघका पूर्व वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेको धन्यवाद तथा महासचिव मुक्तिप्रसाद अधिकारीको सञ्चालनमा भएको थियो ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन २९, बिहीबार ०८:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP