• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    स्ववियु : नेविसंघ बाणिज्य क्याम्पसले टुंगायो उम्मेदवार , सभापतिमा खरेल

    • lumbinisanjal
    • २०८१ फाल्गुन २५, आईतवार ०४:४४
    6.3K
    SHARES
    स्ववियु : नेविसंघ बाणिज्य क्याम्पसले टुंगायो उम्मेदवार , सभापतिमा खरेल

    बुटवल , २५ फाल्गुण । नेविसंघ लुम्बिनी बाणिज्य क्याम्पस इकाई समितिले आसन्न चैत्र ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपालकै उत्कृष्ट सामुदायिक क्याम्पस, लुम्बिनी वाणिज्य क्याम्पसमा नेपाल विद्यार्थी संघको तर्फबाट उम्मेदवार टुंगो लगाएको हो । नेविसंघले स्ववियु सभापति पदकालागि निराजन खरेल उठाउने निर्णय गरेको नेविसंघ जिल्ला कोषाध्यक्ष रोशन थापाले जानकारी दिए ।

    खरेल बाणिज्य क्याम्पसका लोकप्रिय विद्यार्थी नेताको रुपमा परिचित छन् । उनी रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड नम्बर २ मा बसोबास गर्छन । बाणिज्य क्याम्पसमा बिबिएस चौथो बर्षमा अधययनरत खरेल सरल, मिजासिला र मिर्दुभाषी रहेका छन्  । उनी राजनीति संगै सामाजिक कार्यमा उल्लेख्य सहभागी हुँदै आएका छन् । खरेल नेविसंघ बाणिज्य क्याम्पस इकाईका उपसभापति समेत हुन् । इकाई सभापति सिद्धार्थ श्रेष्ठका अनुसार अन्यपदमा उम्मेदवार आज भोलीनै टुंगो लगाउने लुम्बिनीसञ्जाललाई जानकारी दिए ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन २५, आईतवार ०४:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP