• २०८३ भाद्र ९ | Tue, 25 Aug 2026
  • Dark Mode

          Subscribe

    ४ दिनमा १८ हजार ६ सय बढेको सुनको मूल्य आज घट्यो, चाँदीको भाउमा पनि गिरावट

    • lumbinisanjal
    • २०८३ भाद्र ९, मंगलवार ११:२९
    91
    SHARES
    ४ दिनमा १८ हजार ६ सय बढेको सुनको मूल्य आज घट्यो, चाँदीको भाउमा पनि गिरावट

    बुटवल । चार दिनमा तोलामा १८ हजार ६ सय रुपैयाँ बढेको सुनको भाउ आज घटेको छ।

    सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँ घटेर ३ लाख २२ हजार २ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    हिजो सुनको भाउ तोलाको ३ हजार २ सय रुपैयाँ बढेर ३ लाख २२ हजार ७ सय पुगेको थियो।

    सुनको भाउ गएको आइतबार तोलामा २ हजार ८ सय, शुक्रबार ३ हजार ३ सय र बिहीबार ९ हजार ३ सय रुपैयाँ बढेको थियो।

    त्यसैगरी चाँदीको मूल्य भने आज पनि घटेको छ।

    तोलामा ६५ रुपैयाँ घटेर चाँदीको भाउ आज ४ हजार ९ सयमा झरेको महासंघले जनाएको छ।

    हिजो तोलामा १० रुपैयाँ घटेर चाँदीको भाउ तोलाको ४ हजार ९ सय ६५ रुपैयाँ कायम भएको थियो।

    गएको माघ १५ गते  सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

    त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

    गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।



    lumbinisanjal   
  • २०८३ भाद्र ९, मंगलवार ११:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP