• २०८३ असार २१ | Sun, 05 Jul 2026
  • Dark Mode

          Subscribe

    रोटरी समाज रूपान्तरणको अभियान भएको दाबी

    • lumbinisanjal
    • २०८३ असार २०, शनिबार १८:५३
    65
    SHARES
    रोटरी समाज रूपान्तरणको अभियान भएको दाबी

    बुटवल । रोटरीमार्फत समाज रूपान्तरणको प्रभावकारी अभियान चलाउन सकिने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन । सेवा, नेतृत्व विकास र सामाजिक उत्तरदायित्वमार्फत सकारात्मक परिवर्तन आजको आवश्यकता भएको भन्दै योे अभियानमा रोेटरीको महत्वपूर्ण भुमिका रहने उनिहरुकोे दाबी छ ।

    रुपन्देहीको पुरानो र चर्चित रोटरी क्लब अफ बुटवलको १६१९ औ नियमित बैठक तथा रोटरी वर्ष २०२६÷२७ को पहिलो बैठकमा बोल्ने बक्ताहरुले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, खानेपानी, सरसफाइ तथा युवा नेतृत्व विकासजस्ता क्षेत्रमा रोटरीबाट महत्वपूर्ण योगदान भएको बताए ।

    कार्यक्रममा क्लबका ट्रेनर अजयमान श्रेष्ठले समयसापेक्ष परिवर्तनको अभियानमा रोटरी अघि बढेको भन्दै पछिल्लोसमय एआई र रोटरी विषयमा तालिमहरुलाई जोड दिएको बताए । रोटरीमात्र सिमित नगरि यसलाई आफ्नो जिवनशैलीमा जोड्ने उनले आग्रह गरे ।

    कार्यक्रममा क्लबका अध्यक्ष यदुनाथ पाण्डेयले फेलोसिप महिनासहित कार्यकाल शुरु गरेर विभिन्न अभियानालाई जोड्ने बताए । समुदायमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने परियोजनामा विशेष प्राथमिकता दिने समेत उनले बताए ।

    समाजमा देखिएका विभिन्न चुनौती समाधानका लागि सरकारी तथा गैरसरकारी निकाय, निजी क्षेत्र र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै रोटरीले यस्ता साझेदारीलाई थप सुदृढ बनाउने उनले धारणा राखे । सेवा नै रोटरीको मूल आधार भएकाले समुदायको आवश्यकताअनुसारका कार्यक्रमलाई प्राथमिकता दिइने उनले बताए ।

    चार्टर सदस्य विध्याकेशर जोशी, डा मनोहर जोशी, पूर्व अध्यक्ष करुण खनाल, आमोद सिमागैडा, पुरन श्रेष्ठ, तेस्रो पटक सर्जेन आर्म डिल्लि कुमार श्रेष्ठ, मेनटर हरि पौडेलले नया नेतृत्व जन्माउदै फेलोसिप र सामाजिक कार्य गर्ने संस्था भएको हुदा यसको मर्मलाई बुझाउदै लग्न सुझाव दिए ।

    कार्यक्रममा सामाजिक उत्तरदायित्व, स्वयंसेवा र मानवीय सेवाको संस्कृतिलाई अझ व्यापक बनाउन युवाहरूको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिइयो । साथै, आगामी दिनमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विपद् व्यवस्थापनका क्षेत्रमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो । कार्यक्रममा अध्यक्ष पाण्डेयले नया कार्यसमितिलाई परिचय तथा पिन वितरण गरेका थिए ।

    यसैबिच यो वर्ष क्लबमा ३० जना नया सदस्यहरुलाई ओरियन्टेसन गर्ने काम, कर्ड कार्यक्रम समेत सम्पन्न भएको क्लबका सचिव दिवाकर घिमिरे बताए ।



    lumbinisanjal   
  • २०८३ असार २०, शनिबार १८:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP