• २०८३ जेष्ठ ३० | Sat, 13 Jun 2026
  • Dark Mode

          Subscribe

    अब पोखरा–दुबई नियमित हवाई उडान

    • lumbinisanjal
    • २०८३ जेष्ठ २७, बुधबार ०९:३८
    208
    SHARES
    अब पोखरा–दुबई नियमित हवाई उडान

    काठमाडौँ,२७ जेठ । अब पाखरा दुबई नियमित हवाई उडान हुने भएको छ । आगामी भदौ ७ गतेदेखि पोखराबाट फ्लाइ दुबईले नियमित उडान भर्नेछ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाइ दुबईलाई उडानका लागि अनुमति दिएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए ।

    फ्लाइ दुबईले १६७ सिट क्षमताको बोइङ ७३७ जहाजमार्फत् पोखराबाट दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

    पोखरामा साँझ सवा ६ बजे अवतरण गर्ने जहाज सवा ७ बजे दुबईका लागि उड्ने छ। यो यात्रा करिब ५ घण्टाको हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

    नागरिक उड्डयन प्राधिकरणका अनुसार पहिलो चरणमा फ्लाइ दुबईले १ महिनाको लागिमात्र उडान अनुमति लिएको छ।



    lumbinisanjal   
  • २०८३ जेष्ठ २७, बुधबार ०९:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP