• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    लगातार ओरालोतर्फ सुनचाँदीको मूल्य, आज थप घट्यो

    • lumbinisanjal
    • २०८३ जेष्ठ २४, आईतवार १३:५८
    169
    SHARES
    लगातार ओरालोतर्फ सुनचाँदीको मूल्य, आज थप घट्यो

    बुटवल ,२४ जेठ ।  स्थानीय बजारमा आज (आइतबार) पनि सुनचाँदीकै मूल्य घटेको छ।

    आज तोलामा सुन ८ हजार २ सय र चाँदी ३३५ रुपैयाँ घटेको हो।

    नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मोल ३ लाख ८ सय रुपैयाँ कायम गरिएको छ।

    यस्तै एक तोला चाँदीको मूल्य आज ४ हजार ८९५ रुपैयाँ निर्धारण गरिएको छ।

    गत शुक्रबार सुन तोलाको ३ लाख ९ हजार र चाँदी ५ हजार २३० रुपैयाँमा कारोबार भएको थियो।

    गत बिहीबार सुनको भाउ तोलाको ३ लाख ११ हजार १ सय रुपैयाँ थियो भने चाँदी ५ हजार २८५ रुपैयाँ थियो।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ५०० र चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।



    lumbinisanjal   
  • २०८३ जेष्ठ २४, आईतवार १३:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP